
तनहुँ
नेकपा माओवादी केन्द्र बन्दिपुरले मंगलबार मानव सागर उतारेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष सहित ३ वडा जितेको माओवादीले बन्दिपुर बजारमा बिशाल ¥याली निकालेको हो । बन्दिपुरमा आफ्नो पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका सबै उम्मेदवारहरुको प्रचार प्रचारसँग मंगलबार माओावदी केन्द्रले मानव सागर उतारेर विजयी हुने सन्देश दिएको नेकपा माओवादी केन्द्रका नेता छितिज लामिछानेले बताए ।
माओवादी केन्द्रका नेता क्षितिज लामिछानेका अनुसार बन्दिपुरका ६ वटै वडामा नेकपा मओवादीका तर्फबाट उम्मेदवार रहेका घर दैलोका क्रममा जनलहरु सृजना आजको ¥यालीबाट भएको पुष्टि भएको बताए ।
बन्दिपुर गाँउपालिका नेकपा माओवादीको नेतृत्वमा विगत ५ बर्षमा जनताका पक्षमा भएका कामबाट जनता सन्तुष्ट रहेको फेरी माओवादीलाई विजयी गराउन बन्दिपुरवासी तयार भएको मंगलबारको सभाबाट सन्देश गएको नेकपा माओवादी केन्द्रले जनाएको छ । बन्दिपुरमा २०७४ भन्दा यस पटक बढी जनलहर देखिएको नेता लामिछानेले बताए । गाँउ गाँउमा जाँदा जनताले खुशी ब्यक्त गरेको अध्यक्षका उम्मेदावार पूर्णसिं थापाले बताए ।
माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पूर्ण सिंह थापा,उपाध्यक्ष करुणा गुरुङ चुनावी मैदानमा रहेका छन् । उनीहरुले गाँउपालिकाका बिभिन्न भागमा घरदैलो गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
घरदैलोका क्रमममा जनताले आर्शिवाद र शुभकामना दिएको वडा नं.१का वडा अध्यक्ष पदका उम्मेदवार भानुभक्त पोख्रेलले बताए ।