तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहाला नजिक नयाँबस्तीमा मङ्गलबार डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा खोल्सामा पोखिएको डिजेल अहिले स्थानीयले ग्यालिन, बाल्टि र ड्रममा जम्मा गरिरहेका छ्न ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना८ख ०३२६ नम्बरको ट्याङ्कर सडकछेउ पल्टिदा दुर्घटना भएको थियो । दिउँसो उक्त ट्याङकर उठाइएको प्रहरीले जनाएको छ ।
डिजेल थाप्न स्थानीयको दिउँसो देखि नै घुइँचो लागेको थियो ।
अति प्रज्वलनशिल पदार्थको रुपमा रहेको डिजेलमा आगलागीको सम्भावना धेरै हुन्छ । तर पनि स्थानीय त्यस्को बेवास्ता गर्दै खोल्सामा पोखिएको डिजेल जम्मा गरिरहेको जानकारी प्राप्त भएको छ ।
मंगलबार भएको डिजेल ट्याङकर दुर्घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यो पनि :
तनहुँको नयाँबस्तीमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना, डिजेल थाप्न स्थानीयको घुइचो (फोटो/भिडिओ सहित)