images
images

स्वर्णिम वाग्लेलाई प्रवासका प्रतिनिधिको सबै मत

images

११ असार, काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट डा. स्वर्णिम वाग्लेले शत प्रतिशत मत पाएका छन् ।

जारी महाधिवशेनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट १७० प्रतिनिधिमध्ये ४९ मत खसेको थियो । प्रवासबाट सर्वाधिक मत पाउनेमा स्वर्णिम वाग्ले एक्लो रहेका छन् ।

प्रवासका प्रतिनिधिले समेत मतदान गरिसकेकोले अबको केहीबेरमा मतपरिणाम सार्वजनिक गर्ने तयारी अहिले भइरहेको छ ।

मतपरिणाम सार्वजनिक हुने भएसँगै अहिले प्रतिनिधि र उम्मेदवारहरू हलमा प्रवेश गरेका छन् ।

रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुने छन् ।

बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले स्वत: केन्द्रीय सदस्य रहनेछन् ।अनलाइनखबर

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS