तनहुँ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको बन्दीपुर १ नाहाला नयाँबस्तीमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ ।
डुम्रेबाट दमौली तर्फ आईरहेको ट्याङ्कर पृथ्वी राजमार्गको मुख्य सडकको दायाँ किनारामा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
डिजेल बोकेको ना८ख ०३२६ नम्बरको ट्याङ्कर मंगलबार बिहान ७ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । सडक छेउमा पल्टिएको ट्याङ्करमा रहेका चालक दलका सदस्य सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै ट्यांकर चालक फरार भएपनि करिब डेढ घण्टा पछि बिहान ८:३० बजे चालक सम्पर्कमा प्रहरीले जनाएको छ । अहिले दिउँसो ३ बजे उक्त ट्याङकर उठाउने सुरु भएको प्रहरीले जनाएको छ ।
ट्याङ्कर उठाउने क्रममा करिब १ घण्टाको लागी पृथ्वी राजमार्गको दुवै तर्फी सडक अवरोध हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बाराको अमलेखगञ्जबाट इन्धन बोकेर पोखरा जाँदै गरेको ट्यांकर तनहुँमा दुर्घटनामा परेको हो ।
२० हजार लिटर डिजेल बोकेर अमलेखगञ्जबाट छुटेको ट्यांकर तनहुँको बन्दीपुर गाउँपालिका नयाँबस्तीमा मंगलबार दुर्घटनामा परेको ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न अहिले स्थानीयहरु तँछाड मछाड गरिहेका छन् ।
बाल्टी र ग्यालिन बोकेर ट्यांकरबाट चुहिएको तेल भर्न मानिसको लाइन लागेको भिडियो सामाजिक सञ्जालनमा अहिल भाइरल बनेको छ ।
अति प्रज्वलनशिल पेट्रोलियम पदार्थ संकलन गरिनु जोखिम हुने भन्दै निगमका प्रवक्ता विनितमणि उपाध्ययले तेल नउठाउन स्थानीयलाई आग्रह गरे ।
हेर्नुस भिडिओ :
फोटो/भिडिओ : शिवकुमार श्रेष्ठ