images
images
images

काङ्ग्रेस नेता जोशीसंग दमौलीदेखि काठमाडौं सम्मको यात्रामा

images

म सधैं जस्तै सोमबार पनि घरमै बसेको थिए । सोमबार एका बिहानै मेरो मोबाईलमा फोन आयो यसो हेरेको फोन गर्ने ब्यक्ति हुनुन्थ्यो नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी । मैले फोन उठाए उताबाट आवज आयो राजेन्द्र म बेलुका ४ बजे सम्म दमौली आउछु २/३ ठाउमा जानु छ तयार भएर बस्नु । मैले हुन्छ सर दमौली आएसी कल पाउ भने र वहाँले हुन्छ भनेर राख्दिनु भयो । उहाँले फोन राखे पछि मैले आफै बिचार गरे सरको जिल्ला भ्रमण कार्यक्रम त सक्किसक्यो फेरि गएको शुक्रबारमात्रै काठमाडौ जानू भएको थियो फेरि आज सोमबार जिल्ला आउछु भन्नू भएको छ । मैले मनमनै सोचे उहाँ हिजो आइतबार दमौलीमा भएको आगोलागीको स्थान र पीडित परिवारलाई भेट्नका लागि दमौली आउन लाग्नु भएको होला  ।

गएको आइतबार दमौलीमा करिब ९ बजे दमौलीको ब्यास ४ मा भुपाल आलेले संचालन गर्दै आएको भुपाल हर्ड्वायर पसलमा भीषण आगो लागि भएको थियो । विभिन्न राजनीति दलका नेता तथा कर्याकर्ता आगोलागी स्थाल हेर्न र पीडितलाई भेट्न आएका थिए नभन्दै नेता जोशी पनि आगोलागी स्थान र पीडित परिवारलाइ भेट्न दमौली आउन लाग्नु भएको रहेछ । करिब ५ बजे मेरो मोबाइलमा उहाको फोन आयो म अहिले घासिकुवामा आइपुगे ५ मिनेट्मा दमौली आइपुग्छु दमौली चोकमा आउनु । मैले हुन्छ भनेर दमौली चोक तिर हिडे र उहाँलाई आगोलागी भएको स्थान आगडी भेटे । म जस्तै उहाँलाई भेट्न अन्य कर्याकर्ता पनि त्याही भेला भएका रहेछन । सरले सबैलाइ भन्नू भयो ” घट्नास्थल तिर जाउ ” हामी आगोलागि स्थान तिर लग्यौ र आगो लागि स्थान बाहिर हामिले भुपाल हार्ड्वायरका संचालक भुपाल आले र अर्का ज्योति जनरल सप्लयर्सका संचालक ज्योति कुमार श्रेष्ठलाई देख्यौ र जोशी सरले कसरी यस्तो भयो भनेर बुझ्नु साथै सान्त्वना दिनु भयो । हामी पीडित आले सङ आगोलागीको आड्मा रहेको मिनिमाटमा गयौ र स्थलगत निरीक्षण गर्यौ त्यहा प्रहरी साथीहरू घट्नाको मुचुल्का उठाउदै हुनुहुन्थ्यो । त्यस स्थानमा काङ्ग्रेसका अर्का नेता गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाइ राम चन्द्र पोख्रेल ब्यास ४ का वडा अध्यक्ष विश्व न्यौपाने  र स्थानीय नेता कर्याकर्ता पनि थिए ।

हामी त्यहा भेटे लगतै जोशी सरले प्रहरी साथि सङ घट्नाको मुचुल्का बारे जानकारी लिनुभयो र वडा अध्यक्ष बिश्व न्यौपानेलाई भन्नभयो ” यहाँ पिडित स्थानीयहरु ठूलो पिडामा हुनुन्छ । मुचुल्का उठाउदा कोहि प्रती पनि पुर्बीग्रही नभइ पीडितले भने बमोजिम टिप्नु होला,हाम्रो बानी के छ भने कसैले मेरो दुई वटा सिलिन्डर थियो भन्यो भने तिम्रो त दुई ओटा सिलिन्डर थिएन होला भन्छौ यस्तो बेला हामी कन्जर्भेटिब नभौ । ” त्यस लगतै हामी आगोलागीले क्षेती भएको अरु स्थानीयको घर गयौ र जोशी सरको निवासीमा फर्केउ र मैले बाटोमा सोधे कहिले काठमाडौ फर्किनु हुन्छ भनेर उहाले भन्नू भयो ” म त भोलीनै काठमाडौ फर्किन्छु  , न आइ नहुने भएको भएर मात्रै आएको हु काठमाडौमा धेरैले काम छ । सरले भोलि जाने भन्नू भए लगतै म पनि काठमाडौ जाने काम थियो हजुर सङै भोलि जान्छु भने र उहाँले भोलि सबेरै जाने हो ६ बजे यहाँबाट हिड्नु पर्छ ६ बजे बिहान मेरो घर आउनु भनेर भन्नू भो कुरा गर्दा गर्दै सरको घर आइपुगे र म गाडीबाट झरेर आफ्नो घर तर्फ लागे ।

भोलि पल्ट मंगलबार बिहान् ५:४५ मा जोशी सरले फोन गर्नुभयो र निस्केर मेरो घर आउन भन्नू भो र म काठमाडौको लागि निस्केर सरको घर लागे । हामी ठिक ६ बजे घरबाट गाडी चढयौ सरको पियासओ ( ब्यक्तिगत सुरक्षा अधिकृत ) गाडीको अघिल्लो सिट्मा बसे सर र म पछिल्लो सिटमा सङै बस्यौ । पियासओले आफ्नो वाकिटकी सेट निकाले र जिल्ला प्रहरी कार्यलय तनहुँको सञ्चारमा जानकारी गराए पुर्व गृहमन्त्री गोविन्दराज जोशी दमौली बाट काठमाडौको लागि निस्किनु भएको छ गाडी नम्बर नोट गर्नुहोला भन्दै गाडी नम्बर टिपाए ।  मेरो मनमा विभिन्न कुराहरु चल्दै थियो नेपालको गृहमन्त्री समेत भइसक्नु भएको ब्याक्ती सङ संगै बसेर काठमाडौ जाँदै छु ।” उहाँ सङका राजनैतिक कुराहरु सोध्नु पर्छ भनेर तर उहाँले के म सङ राजनैतिक कुराहरु बताउनु होला त ?”  मेरो मनमा प्रश्न उठ्यो ।

गाडिमा सरको समाचार आएको पत्रपत्रीका थियो म एकैछिन पत्रीका पढ्न लागे । हामी घाँसी कुवा नीर पुग्न लागे पछि मैले जोशी सरलाइ प्रश्न गरे ” जिल्लामा अस्ति लगेको आगोलागीमा सबै नेताले मैले आगो निभाउन हेलिकप्टर बोलाए भन्छन नि सर खासमा कस्ले बोलाएको हो ? मैले यो प्रश्न सोधे किन भने सामाजिक संजालमा हेलिकप्टर कस्ले ल्याएको भन्ने कुरा उठेको थियो । उहाँले ठट्टा गर्दै भन्नुभयो “मैले त तिमिले बोलाएको भन्ने सुनेको थिए नि होइन र ? ” म हास्य र उहाँ पनि हास्नु भो अनि भन्नू भो ” यस्तो बिषम अवास्थामा पनि कस्ले हेलिकप्टर बोलायो भन्दा पनि के का लागि बोलाइयो भन्ने कुराले महत्त्व राख्छ । धन्न समयमै हेलिकप्टर आयो र पानी हाल्यो र समयमै आगो निभाउन सफल भएछन नत्र अझै कति घर नोक्सानी हुन्थ्यो ।

दमौलीमा आगोलागी भयो भन्ने खबर मैले पाउन साथ प्रधानमन्त्री , गृहमन्त्री ,र प्रदेशको मुख्यमन्त्रीलाई टेलिफोन गरेर जानकारी गरएको थिए सयाद मैले  सम्पर्क गर्दा सम्म उहाँहरुलाइ थाहा थिएन पछि अरु नेताहरुले पनि सम्पर्क गरेर भने भन्नू भएको छ । काठमाडौं बाट हेलिकप्टर उडेपछि मलाई गृहमन्त्री बालकृष्ण खाड्ले टेलीफोन गरेर हेलिकप्टर दमौलीको लागि उडेको जानकारी गराएका थिए । यो नितान्त सरकारले पठाएको रहेछ । दमौलीका भएको आगोलागी नियन्त्रण गर्न नेपाल सरकार, स्थानीय जनप्रतिनिधिहरु, सेना र प्रहरीका भाईहरु र पत्रकार साथीहरुले दिनुभएको योगदान र भुमिकाको लागि म घन्यवाद दिन चाहान्छु । ” वास्तवमा दमौलीमा २/३ वटा दम्कल हुनु पर्ने हो तर छैन , एउटा राम्रो सरकरी अस्पताल छैन , सरकारी कलेज छैन । हाम्रो दमौली धेरै पछि परेको छ बिकासमा उहाले भन्नू भयो । गफ गर्दा गर्दै उहाले भन्नू भयो ” भिजन भएका कोहि भएनन सबै आफ्नो लागि मात्रै गर्ने भए । अब यो मेरो अन्तिम पटक हो यसपालि चुनाब लाड्छु जनताले जिताए भने दमौलीमा ५०० बेडको सरकारी अस्पताल बनाउन चाहान्छु , मैले बनाइदिएको चापाघाट्को शिक्षक तालिम केन्द्रलाई बिएड सम्म पढाउने   सरकारी कलेज बनाउन चाह्नछु ।

उहाँले आफुलाइ भ्रष्टाचारको मुद्दा लागाउने मान्छे र केस आइले सम्म फाइनल नहुनु पछि जिल्ला कै नेता लागि परेको भन्दै बेलिबिस्तार मलाइ  सुनाउनुभयो र कस्को कस्को हात रहेको छ सबै भन्नू भयो ।  गफ गर्दा गर्दै हामी आबुखैरेनी आइपुगियो । आबुखैरेनी पुगे पछि डिउटिमा रहेको प्रहरी साथिले हाम्रो गाडी तिर हेर्दै सलामी गर्नु भयो ।

केही समयको लागि मेरो मनमा पनि भिआइपी वाला फिनिङ्स पैदा भयो । सरले हाम्रो गाडी चालकलाई भन्नू भयो भाइ कतै चिया नास्ता गर्न रोक्नु भन्नू भयो । गाडी चालक दाइले मुग्लिनमा पुगेर एउटा साकाहारी होटलमा रोक्नु भयो हामीले त्यहा चिया नास्ता गर्यौ मुग्लिन आइपुग्दा ७ बजेको थियो । हामी करिब ७:२० तिर मुग्लिनबाट हिंड्यौ सरको पियासओले चितवन् प्रहरी कार्यलयमा जानकारी गराउनुभयो पुर्व गृहमन्त्री ज्यु यो बाटो काठमाडौं जाँदै हुनुन्छ सडकको आवस्था कस्तो छ भनेर वाकिटकी मार्फत सोध्नुभो  हामी गफ गर्दै थियौ सरको मोबाईलमा तनहुँका प्रहरी प्रमुख ज्युको टेलीफोन आयो र करिब ५ मिनेट जति गफ गर्नुभो । सरले जिल्ला प्रहरी कार्यलय तनहुँको हिरासतमा रहेका पल शाहको बरेमा पनि जानकारी लिनुभयो ।

मुग्लिनबाट हिडेको करिब २० मिनेट पछि उहाँलाई मैले सोधे ” तपाईं राजनीतिमा कसरी लाग्नु भयो सर ? ” उहाँले बताउनु भयो, वास्तवमा मेरो बुवा पदमराज जोशी गाउँको मुखिया र समाजको प्रतिष्ठत व्यक्ती हुनुन्थ्यो , पन्चायत शासन विरुद्ध उहाँले धेरै आवाज उठाउनु भएको थियो त्यस समय बुवालाइ पन्चायत विरुद्ध बोलेको , नेपाली काङ्ग्रेसमा क्रियाशिल भएको भनेर तत्कालीन पन्चायतले सरकारले राजकाज मुद्दा लगाएर , तनहुँशुर , पोखरा , लम्जुङ कुञ्छा आदि कारागारमा राख्यो । मेरो परिवार माथी अत्यचार भएको कारण पनि म राजनीतमा लागे । म एघारा बर्षको थिए पढ्न भनेर  ६ दिन हिडेर काठमाडौ आए र दरबार हाइ स्कुलमा पढे एक बर्ष पढढै थिए , मिनपाचासको बिदामा घर जादा बुवालाई जेल हालेपछि म लम्जुङको शान्ति मा बि.मा भर्ना भएर एस.एलसी त्यहीबाट पास गरे । बि.स २०२५ मा बिएड पास गरी  म मानेचौका फर्के । त्यही पढाउन थाले म हेड्मास्टर भए । त्येती खेर दमौली तिर रोड थिएन , नेपालको पुर्व पश्चिम् हिड्नेको लागि बिच पोइन्ट मानेचौका थियो । त्याहाबाट सुनैली , बुटवल , भैरहवाको लागि मान्छे हिडेर जान्थ्ये । पछि हामी दमौली सर्यौ । म १९ बर्षको हुदा मानेचौकामा हेड्मास्टर भैसकेको थिए २०३६ सालको जनमत संग्रहको बेला मलाई सुदुर पञ्चिमको अछाम जिल्लमा सरुवा गरी सुरक्षा कानुन अन्र्तगत पक्राउ गरी पोखरा कारगारमा राखेपछि म जेलबाट छुटेपछि शिक्षक पेशाबाट राजीनामा दिइ  दमौली आएर म वाकाल्त गर्न थाले तनहुँ , लमजुङ ,गोर्खा आदिका मान्छेहरु म कहाँ वाकालतको लागि आउथे ।

सर सङको राजनीति कुरा गर्दा गर्दै हामी कति बेला चितावन जिल्ला कटेर धादिङ प्रवेश गर्यौ पत्तै भएन, मैले वाकिटकि सेट्मा महिला प्रहरीको आवज सुने भिआइपी सवार गाडी भर्खर क्रस भएको छ हाइवेको अवस्था जानकारी गराउनुहोला । फेरि सरको मोबाईलमा कल आयो । केही बेर पछि मैले वहाँलाई सोधे ” कसरी जिल्लामा काङ्ग्रेसको राजनीति सुरु गर्नुभो  ? उहाँले भन्नू भयो ” वास्तवमा त्यस समय पन्चायत शासन थियो । मान्छेले काङ्ग्रेस भनेको म भनेर चिन्ने गर्थे । म २०२५ साल तिर काठमाडौंबाट फर्के पछि लगातार जिल्लाको राजनीतिमा आज सम्म पनि सक्रिय छु । भुगोलको राजनीति मैले गरेको हु। तनहुँमा यस्तो कुनै ठाउँ छैन होला म नपुगेको त्यस समय गाडी भन्ने हुदैन थ्यो अनि हिडेर जानू पर्ने म जनताको घर घर पस्दै जान्थे । म कतै जानू परे बाटोमा पर्ने सबै घरमा पसेर हालखबर सोधेर मात्र जान्थे । अब रामचन्द्र पौडेल काठमाडौ बसे म जिल्लामा बसे र ग्राउन्ड लेबलबाट काम गरेको हु ।

तनहुँमा मण्डलेहरुको बिगबिगी थियो । म यहीँको स्थानीय भएर म सङ उनीहरु डराउथ्ये मैले हप्काइदिन्थ्ये । मलाइ काङ्ग्रेस भनेर चिन्ने भएर नै २०३६ सालमा बिपि कोइराला उहाँ दमौलीबाट फर्कदा बिरामी पर्नु भयो उहाँ जानुभएको गाडीमा म उहाँ संगै एउटै सिटमा थिए बस्न नसक्ने भएपछि उहाँ मेरो काखमा सुतेर पोखरा पुग्नुभयो । त्यस समय अहिलेको जस्तो गाडीहरु हुदैनथ्यो । काठमाडौबाट जो नेता आए पनि मेरो सम्पर्क दिइन्थ्यो र म कहाँ आउनु हुन्थ्यो गणेषमान सिङ, गिरिजाप्रसाद कोइराला , कृष्णप्रसाद भट्टराई सबै म कहाँ बस्नु हुन्थ्यो । काङ्ग्रेस नेताहरु राखेको भनेर मेरो घरमा कत्ति पटक तोडफोडमा भएको छ । जिल्लामा कांग्रसमात्रै नभएर बामपन्थी नेता आउदा समेत मलाई खबर आउथ्यो । बिपि कोइरालाले मलाइ चिठी लेखेर नेताहरू को सुरक्षामा ध्यानदिनु है भन्नू हुन्थ्यो । एक पटक बामपन्थी नेता मनमोहन अधिकारी दमौली आउनु भयो उहालाई मण्डलेहरुले कार्यक्रम हुन दिएनन र लखेटे मैले गएर तिनीहरुलाई हप्काएर मनमोहन जि लाई सुरक्षित साथ काठमाडौ फर्काए । जिल्लामा काठमाडौका नेताहरु आएर म कहाँ बस्न थालेपछी रामचन्द्र पौडेललाई रिसइबि भएछ ।मैले नेताहरू सङ हिमचिम बढाएको भनेर । त्यस समय देखि उनले म प्रति प्रतिशोध राखेका रहेछन ।

तनहुँमा नेता आउँदा बस्ने ठाउँ थिएन । त्यस समय अहिलेको जस्तो होट्ल थिएन सबै मेरो घरमा नेता राख्दा तोडफोड हुनेथियो सधै मेरो घरमा राख्न सम्भब पनि भएन त्यसैले एउटा अतिथी गृह बनाउनु पर्छ भन्ने लग्यो र आइले बिस्घरे जानेबाटो नीर रहेको अतिथि गृहम थानीय बिकास मन्त्री हुदा मैले नै बनाइदिएको हो । हामी गफ गर्दा गर्दै मैले सरलाई धेरै समय देखि मनमा रहेको प्रश्नको बरेमा सोधे ” सर दरबार हत्याकान्ड बारे मेरो जिज्ञासा् छ । के दिपेन्द्रले नै आफ्नो बंश बिनास गरेका हुन ? वहाँले भन्नू भयो त्यस समय म काठमाडौको जाउलाखेलमा  बस्थे । दरबार मार्गमा मेरो साथिहरु होटलमा खाना बस्नु भएको रहेछ दरबारमा गोलिको आवाज सुनेपछी मलाइ टेलिफोन गर्नुभयो जोशी जि यहाँ त गोलिको अवाज आएको छ केही खबर सुन्नु भयो ? म हत्तपत्त घरको छतमा गएर हेरे  हेलिकप्टर उडेर गएको देखे । बास्तबमा यो घटना बुझ्न् पुरानो घटनाहरु बुझ्नुपर्छ ।

जोशी सर सङ गफ गर्दै गर्दै हामी धादिङको गजुरी कटियो । सरले फेरि भन्नू भो बि.स २०५५/५६ तिर को कुरा हो त्यस समयम गिरिजा प्रसाद कोइरलाको सरकारमा शिक्षा मन्त्री थिए । मलाई गिरिजाप्रसाद कोइरालाले टेलीफोन गरेर भन्नू भो ” ल मन्त्री ज्यु दरबार आउनु पर्यो तपाईं सङ गफ गर्न पनि छ । ” म हुन्छ हजुर भनेर दरबार गए अनि गिरिजाप्रसाद कोइरालाले भन्नू भो राजा सङ तपाई पनि चाइना जानू पर्यो भन्नू भो ।  हामी चाइना पुग्यौ । भ्रमणको कार्यक्रम भव्यताका साथ सफल भईरहेको थियो । राज बिरेन्द्रले चाइनाको रास्ट्रपति सङ वान टु वान गफ गर्ने बाताबरण बनाइएको रहेछ । करिब एक घण्टा पछि राजा बिरेन्द्र बाहिर आउनु भो । त्याहा राजा र चाइनाको रास्ट्रपति बिच वान टु वान  के कुरा भयो भन्ने कसैले थाहा पाएनन। जोशी सरले मलाइ भन्नू भयो ।

हामी गाडिमा तेज नै गाइरहेका थिए । बिच बिचमा सरको फोन आइरहेको थियो । धादिङ क्रस गरेर जादा हामिलाइ ट्रक तथा ट्रीपरहरुले साइड नै दिएका थिएनन् सरको पिएसओले हातले साइड मागे तर ट्रक ट्रीपरले पेलेर चलाए सरले पिएसओलाई भन्नू भयो कहाँ हात देखाएर मान्छन तनि वाकिटकी सेट देखाउ अनि साइड दिन्छन नभन्दै ट्रक वाले बाटो खाली गरे । उनीहरुले थाहा पाए पक्कै भिआइपीको गाडी हुनु पर्छ ।

सरले फेरि कुरा सुरु गर्नु भयो । त्यस समयको रअको नेपाल ब्यूरो हेर्ने प्रमुख म सङ राम्रो सम्बन्ध थियो । मेरो सम्बन्ध पशुपतिनाथ मन्दिरको पुजारी सङ पनि राम्रो सम्बन्ध थियो । उनको नाम कृष्ण भट्ट हो  । तिनी नेपालमा हुदा प्राय  कसैको घरमा पनि पुजा आजामा जादैनन थिए तर मेरो घरमा आफै आएर सप्ताह मा प्रवचन दिए ।

म बिशेष कामले भारत जाने खबर तत्कालीन पशुपतिका पुजारीले थाहा पाएपछि मलाइ सम्पर्क गरेर भने मन्त्री ज्यु मेरो घरमा पनि जानुहोला । उनको घर गोवा म रहेछ म गोवा गए । गोवामा एउटा मन्दिर रहेछ । म त्यस मन्दिर मा गए । त्यहा के चलन रहेछ भने पुरुष मान्छे मन्दिरको भित्र पट्टि जान नपाइने रहेछ । म मन्दिरमा अरु भक्तजन जस्तै लाइनमा बसेको थिए । मेरो अगाडि १२/१४ जना थिए एकै छिनमा मन्दिरको पुजारी बाहिर आएर मलाइ ढोग गरेर र भित्र लगे । मेरो मनमा आज सम्म यहि प्रश्न छ त्यस पुजारीले मलाइ किन ढोग्यो र मन्दिर भित्र लग्यो ? हामी गफ गर्दा गर्दै नैबिसे आइपुयौ ।

मैले सरलाइ फेरि सोधे ” माओवादी दन्दकालको बरेमा र दुनै घटना बरे तपाइले किन गृहमन्त्री बाट राजिनामा दिनुपयो ।?” सरले मलाइ सबै बेलिबिस्तार सुनाउनु भयो । मैले पटक पटक गरि ४ बर्ष गृहमन्त्री सम्हाले भन्नू भयो उहाँले भन्नू भयो माओवादीमा कसैले मलाइ सुचना दिन्थे । कहाँ के हुदै छ भनेर मैले पहिलानै खबर पाउथे र सुरक्षा सतर्कता आपनाउथे । ( उहाँले बिशेष कुराहरु मलाइ भन्नू भयो )। मैले सरलाई सोधे तत्कालीन सेना प्रमुखले तपाइको ज्यान खतरा छ सुरक्षित रहनुहोला भनेर खबर दिनुभएको हो ?  सरले हो भनेर भन्नू भयो मलाइ तत्कालीन सेना प्रमुख रुक्मांगद कटुवालले टेलीफोन गरेर जोशीजी काठमाडौबाट तपाइलाइ र खुमबहादुर खड्कालाई मर्ने योजना सहित मान्छे हिडिसकेको छन । सतर्क रहनुहोला मैले सबै ठाउमा तपाइलाइ बचाउन सक्ने आवस्था छैन भनेर मलाइ खबर गरेका थिए । त्यसैको परिणाम हो बन्दिपुरको भुमर्शेमा म माथी ठुलो हमला भयो । सरको बिच बिचमा फोन आउथ्यो । गफ गर्दा गर्दै हामी नागढुङ्गा आइपुग्यौ ।

मेरो मनमा विभिन्न प्रश्नहरु चल्यो मैले मन मनै सोचे नेपालको गृहमन्त्री समेत त काङ्ग्रेसकै तेस्रो ब्याक्ती भएका नेता आज भुमिका बिहिन हुदा मन कति कुण्ठित भएको होला । गएको २० बर्ष सम्म उहाँ सत्तामा  हुनुहुन्थ्यो त तनहुँले बिकासमा कोल्टो फर्ने थियो। उहाँको कुरा गर्ने शैली , दुरदर्शिता र बौद्धिकता देखेर म अचम्मै परे । मनमनै मैले सोचे राजनितिमा त्यत्रो अगाडि बढिसकेका नेतालाइ भुमिका बिहिन र प्यारालाइज गरेर रख्दिदा उहाँको मन कति रोयो होला । उहाँ जतिको नेपाली काङ्ग्रेसमा योगदान दिएको र बौद्धिकतामा नेपालमा नेता सायदै कमै मात्रै पाइन्छ । नेता जोशीलाई फेरि पनि तनहुँले चिन्नु पर्छ । मेरो मनमा विभिन्न प्रश्न खेल्दा खेल्दै म त झर्ने ठाउँ आइपुगेछ । सरले भन्नू भयो थानकोट आयो तिमी झर्ने होइन ? म गाडि बाट झरे र सर आफ्नो निवासी धुमबाहारी तर्फ लाग्नु भयो ।

images