images
images

वर्ग सङ्घर्षको भट्टीमा खारिएका युवा नेता सोमबहादुर थापा मगर चुनावी मैदानमा

images

तनहुँ
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका सोम बहादुर थापा मगर वर्ग सङ्घर्षको भट्टीमा खारिएका एक प्रतिबद्ध युवा नेताका रूपमा परिचित छन्। त्रिभुवन विश्वविद्यालयबाट ‘‘वर्ग सङ्घर्ष’ विषयमा विद्यावारिधि गर्दै गरेका उनी सैद्धान्तिक ज्ञान र व्यवहारिक संघर्षको संयोजन गरेका राजनीतिक व्यक्तित्व हुन्।

आदिवासी जनजाति समुदायबाट आएका थापा मगर आफ्नो समुदायका अग्रज युवामात्र नभई श्रमिक, किसान र उत्पीडित वर्गका साझा आवाज बन्दै आएका छन्। शालीन जीवनशैली उनको विशेषता हो। जनताको काखमा रमाउने उनी सधैँ जनताकै बीचमा रहेर जनजीवनका समस्या बुझ्न रुचाउँछन्।

न त उनी लोकप्रियतावादमा विश्वास गर्छन्, न त अनावश्यक घमण्डमा। सादगी, इमानदारी र संघर्षशीलता उनको राजनीतिक यात्राको मूल आधार बनेको छ। परिवर्तनको स्पष्ट एजेण्डा बोकेको पार्टीका उम्मेदवारका रूपमा उनी मुलुकमा जिम्मेवार राजनीतिलाई स्थापित गर्ने लक्ष्यका साथ अघि बढिरहेका छन्।

तनहुँ जिल्लाका सामाजिक, आर्थिक तथा श्रमसम्बन्धी समस्यालाई गहिरो रूपमा बुझेका थापा मगरमा परिवर्तनप्रतिको तीव्र हुटहुटी देखिन्छ। लामो समयदेखि निरन्तर मजदुर आन्दोलनमा संलग्न रहँदै आएका उनी श्रमिक वर्गका पीडा, अधिकार र अपेक्षासँग नजिकबाट जोडिएका छन्।

वर्गीय अन्याय, शोषण र असमानताविरुद्ध निरन्तर संघर्ष गर्दै आएका एस.बी. थापा मगर आज जनताको भरोसामा आधारित नयाँ नेतृत्वका रूपमा तनहुँ क्षेत्र नम्बर २ मा उदाइरहेका छन्। स्थानीयवासीले उनीबाट इमानदार प्रतिनिधित्व, जनमुखी राजनीति र वास्तविक परिवर्तनको अपेक्षा गरेका छन्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS