तनहुँ । नेपाली काँग्रेसले चुनावी अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ ।
मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेको हो ।
काँग्रेसले ७७ जिल्ला हेर्ने गरी नेताहरुलाई जिम्मेवारी दिएको छ । निर्वाचनमा काँग्रेसलाई जिताउन भन्दै काँग्रेसले एक महिना “गाउँ गाउँमा काँग्रेस” अभियान चलाउँदै छ ।
अभियान यही फागुन २९ देखि चैत २९ गतेसम्म चल्ने काँग्रेसले जनाएको छ ।
तनहुँ जिल्लाको लागी मधु आचार्यलाई जिम्मेवारी तोकेको छ ।