images
images
images

भानुका तीन विद्यालयका विद्यार्थीलाई एसियन फोरमद्वारा तीन लाखको छात्रवृत्ति सहयोग

images

तनहुँ । एसियन फोरम नेपालले तनहुँको भानु नगरपालिका भित्रका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग गरेको छ ।

भानु-२ नारेश्वरटारको होमराज लोहोनी शारदा शिक्षा सदन, भानु-३ चाम्बासको हिमालय मावि र तुरतुरेको जनजागृति माविमा अध्ययनरत ३० जना विपन्न तथा जेहेन्दार छात्र-छात्राहरुलाई छात्रवृत्ति सहयोग गरेको एसियन फोरम भानु इकाइका अध्यक्ष दिपक राज उपाध्यायले जानकारी दिए ।

फोरमले तीन वटा विद्यालयका १०-१० जना विद्यार्थीलाई प्रति विद्यार्थी १० हजारका दरले शैक्षिक छात्रवृत्ति सहयोग गरेको हो । यसअघि पनि विभिन्न समयमा एसियन फोरम नेपालले विद्यालयको भौतिक सुधारको निमित्त सहयोग गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा एसियन फोरम नेपालका लेखा तथा प्रशासनका निर्देशक एकलाल न्यौपानेले विद्यार्थीको भविष्यलाइ मध्यनजर राख्दै उक्त रकम सहयोग गरेको र अभिभावकले विद्यार्थी कै शैक्षिक सामाग्रीका निम्ति खर्च गरिदिन अनुरोध गरेका छन् । भानु-२ का वडाअध्यक्ष अर्जुन बहादुर केसिले विद्यार्थीको भविष्यलाई चिन्ता गरि सहयोग गरेकोमा एसियन फोरमको टिमलाइ धन्यवाद ब्यक्त गरेका थिए ।

होमराज लोहोनी शारदा शिक्षा सदनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन दाहालले एसियन फोरमले भानु-२ नारेश्वरटारमा भानु सामुदायिक स्वास्थ्य केन्द्र स्थापना, भानु महिला विकास संस्था भानु-२ मा कमप्युटर सहयोग, होरालो शारदा शिक्षा सदनमा भवन बनाउन आठ लाख रुपैया लगाएतको सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा एसियन फोरम नेपालको केन्द्रिय सदस्य तोरण अधिकारी, एसियन फोरम गण्डकी प्रदेशका संयोजक लक्ष्मण बाँनिया, एसियन फोरम भानु इकाइका अध्यक्ष दिपक राज उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS