images
images
images

व्यास नगरपालिकाले भत्काउन थाल्यो सार्वजनिक स्थानमा बनाइएका घरटहरा (फोटो सहित)

images

तनहुँ । तनहुँको व्यास नगरपालिकाले नगरभित्रका सार्वजनिक स्थानमा जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउन सुरु गरेको छ । बुधबारदेखि सार्वजनिक स्थानमा नियम विपरीत निर्माण गरिएका संरचना भत्काउ सुरु गरेको व्यास नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

सार्वजनिक स्थानमा निर्माण गरिएका घरटहरा भत्काउन धेरै पटक पत्राचार गर्दा पनि नभत्काएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको नगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिए ।

व्यास नगरपालिका-२ डाङ्ग्रेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको व्यास नगरपालिकाकाले जनाएको छ । बुधबार पहिलो चरणमा व्यास नगरपालिका-२ डाङ्ग्रेखोल्सीमा विक्रम श्रेष्ठ, मनबहादुर रुचाल, भरत पोख्नेल, राजेन्द्र कला श्रेष्ठ र वृषराज श्रेष्ठले सार्वजनिक जग्गा मिची निर्माण गरेका ७ वटा घरटहरा भत्काइएको नगरपालिकाका नगरप्रहरी प्रमुख आशिक परियारले जानकारी दिए ।

नगरपालिकाले गत पुस २२ गते १५ दिनको सूचना प्रकाशित गरी सार्वजनिक जग्गा मिची निर्माण गरिएका घरटहरा हटाउन सूचना जारी गरेको थियो । त्यसपछी पनि ३ दिने सूचना जारी गरेको तर अटेर गरेपछि बुधबार नगरपालिकाले नै उक्त अवैध घर टहरा भत्काउन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए ।

उनका अनुसार बुधबारबाट सार्वजनिक स्थानमा निर्माण गरिएका घरटहरा भत्काउने अभियान सुरु भएको छ । उनले अगाडी भने ‘अब यो अभियान निरन्तर जारी रहन्छ ।

नगरपालिकाका अन्य वडाका सार्वजनिक स्थानमा निर्माण गरिएका घरटहरा भत्काइने प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताउछन ।उनि भन्छन ‘धेरै पटक अनुरोध गर्यौ तर अटेर गरियो अब एक्सनमा जानैपर्ने देखियो ।’

नगरपालिका भित्रका विभिन्न स्थानमा ठुलादेखि सामान्य व्यक्तिहरुले समेत सार्वजनिक जग्गा हडपेर संरचना बनाएका छन् । अब व्यास नगरपालिकाले उक्त जग्गा संरक्षण गर्ने अभियानमा लागेको बताइएको छ । धेरै पहिले हुनुपर्ने काम ढिलै भएपनि सुरु भएको छ, उक्त अभियान निरन्तर हुन जरुरी छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS