तनहुँ । तनहुँका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
जिल्लाको व्यास-११ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उनले गत माघ १४ गते राती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
उनमा गत माघ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो संगै तनहुँका १ सय ५३ कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा ५ सय ६३ कोरोना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
आइतबार जिल्लाका १० जना कोरोना संक्रमित थपिएका छन । जसमा २ जना महिला र ८ जना पुरुष रहेका छन ।