
तनहुँ । सेवर दुग्ध उत्पादक सहकारी संस्था व्यास–१० को २९औँ वार्षिक साधारण तथा नर्वाैँ अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रमको गण्डकी प्रदेश सरकार आन्तरीक मामिला मन्त्री डोबाटे वि.क.ले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री वि.क.ले गण्डकी प्रदेश सरकारले कृषहरुको हितको लागि काम गरेको बताए । सरकारले किसानहरुका लागि गरेको लगानी बास्तविक किसानहरुको सट्टा नक्कली किसानहरुले पाउने गरेको बताँउदै बास्तविक किसानहरुको पक्षमा प्रदेश सरकार सँगै रहेको बताए ।
कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अम्मर बहादुर कुवर, तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष यज्ञ शर्मा, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेल, सर्वज्योति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारी, दाना उद्योगका प्रतिनिधि रामजी प्रसाद तिमलसेना सेवर टोल विकास संस्थाका अध्यक्ष तिल बहादुर थापा, कृषकहरुको तर्फबाट झलकराज पौडेल लगायतले अधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा लेखा समिति संयोजक हरी विलास अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष याम बहादुर कुंवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागिहरुलाई सहकारीका उपाध्यक्ष टुम प्रसाद तिमलसेनाले स्वागत गरेका थिए ।
कार्यक्रम सहकारीका व्यवस्थापक राजु भुजेलले संचालन गरेका थिए । अधिवेशनको अवसरमा वर्षभरीमा धेरै दुध उत्पादन गर्ने कृषकहरुलाई सम्मान गरिएको थियो ।