दमौली, १७ पौष ।
अंग्रेजी नयाँ बर्षमा पर्यटकीय नगरी बन्दिपुरमा आन्तरीक पर्यटकले भरीभराउ भएको छ ।
कोभिडको महामारीसँगै पर्यटक आगमनमा सूताएको बन्दिपुरमा अंग्रेजी नयाँ बर्ष २०२२मा पर्यटकहरुको भीड लागेको हो ।
शुक्रबार साँझ देखि नै बन्दिपुरमा आन्तरीक पर्यटकहरुले भरीभराउ भएको थियो । नयाँ बर्ष मनाउन तन्नेरी पुस्ताहरुको भीडले बन्दिपुर बजार उत्सवमय भएको स्थानीय सुदिन पौडेलले बताए ।
बन्दिपुरमा नयाँ बर्ष पर्यटकको उपस्थिति उल्लेख्य रहेको गाँउपालिकाकी उपाध्यक्ष करुणा गुरुङ्गले बताइन् । बन्दिपुरमा बिशेष गरेर सडक महोत्सवका कारण पनि रौनकता थपिएको थियो ।
तन्नेरी पुस्ताका युवा युवतीहरुले स्वत स्फुर्त गायन र नृत्यले शुक्रबार र शनिबार बन्दिपुर बजार गुञ्जायमान रहेको स्थानीयवासीन्दा पौडेलले बताए । नयाँ बर्षमा पर्यटहरुलाई आर्कषित गर्न सडक महोत्सव समेत आयोजना गरिएको बन्दिपुरका पर्यटन ब्यवसायीहरु बैंस गुरुङ्गले बताए । पर्यटकलाई लक्षित गरी बन्दिपुरमा सडकमा नै खानाका स्टलहरु राखिएको गुरुङ्गले बताए ।