
तनहुँ । राष्ट्रिय युवा संघ भानु नगरपालिकाका संयोजक बिर बहादुर लामा (चिजे)ले विद्यार्थीहरुलाई झोला वितरण गरेका छन ।
संयोजक लामाले लमजुङको मर्स्याङ्ग्दी गाउँपालिका वडा नं. ५ सन्जापुको हिमालय प्राविमा अध्ययनरत ५० जना विद्यार्थीलाई झोला वितरण गरेका हुन ।
विद्यार्थीहरुलाई किताब, कापि बोक्नको लागि झोलाको अभाव नहोस् भनेर विद्यालयको नाम लेखेर झोला वितरण गरेको संयोजक लामाले बताए ।
साथै राज्यको नजरबाट पिछडिएको क्षेत्र र न्युनतम सहयोग नपाएका विद्यार्थीहरु भएको कारणले आफुलाई सहयोग हस्तान्त्रण गर्ने ईच्छा भएको संयोजक लामाले बताए ।
विद्यार्थीहरुलाई सहयोग गरेर पुण्यको काम गरेको र सबैले प्रेरणा लिदै ग्रामिण तथा विपन्न भेगका बालबालिकालाई सबैले सहयोग गर्न तत्पर रहनुपर्ने विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको भनाई रहेको थियो ।