
तनहुँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ तनहुँको चौथो अधिवेशनबाट अध्यक्षमा किरण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै श्रेष्ठको अध्यक्षतामा ११ सदस्यि कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा ममता गुरुङ्ग, सह–सचिवमा सुबिना थापा मगर, कोषाध्यक्षमा संजय श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मिलन तामाङ्ग, नुक्त भुजेल, एलोज श्रेष्ठ, मोहनराज आले, करुणा थापा मगर, करिष्मा गुरुङ्ग चयन भएका छन् ।
त्यस्तै प्रदेश प्रतिनिधिमा प्रताप राना मगर, सुशिला थापा मगर, सुमन श्रेष्ठ, राजकुमार श्रेष्ठ र राजकुमार आले चयन भएका छन् । त्यस्तै केन्द्रिय प्रतिनिधिमा विष्णु मास्की मगर, सन्तोषी श्रेष्ठ, राजकुमार श्रेष्ठ र राम बहादुर धामी चयन भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्की अध्यक्ष बसुन्धरा घर्ती रहेकी थिइन् । सो अवसरमा प्रमुख अतिथि घर्तीले पछाडी परेका वर्ग, जातजाती र क्षेत्रलाई पत्रकारले अगाडी ल्याउनुपर्ने बताइन् । उनले अगाडि भनिन ‘पत्रकारले आफ्नो अधिकारको लागी आफ्नै बोल्नुपर्छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघकी कोषाध्यक्ष विमला कंडेल, प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्का, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, प्रेस सेन्टर तनहुँका अध्यक्ष सानेबहादुर नेपाली, रिपोटर्स क्लब गण्डकीका अध्यक्ष मदन वाग्ले,सञ्चारिका समूह तनहुँकी अध्यक्ष सम्झना रसाइली, महिला सशक्तिकरण तनहुँकी उपाध्यक्ष शिला वाग्ले लगायतले बोलेका थिए ।