
तनहुँ । प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव उद्घाटन भएको छ । महोत्सवको महोत्सवको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले आफुले तनहुँको विकासमा लागि परेको बताए । नेपाली युवालाई वैदेशिक रोजगारीमा जानका लागि सहज बतावरण तयार पार्ने समेत बताए । कार्यक्रममा महोत्सवका मुल संयोजक एवं पाटन युवा क्लबका सल्लाहकार पवन चुमी थापा मगरले स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्याल,नेकपा एकिकृत समाजवादीका अध्यक्ष शंकर नारायण श्रेष्ठ, नोपल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, व्यास नगरपालिका वडा नं. ४ का अध्यक्ष विश्व न्यौपाने, वडा नं. ३का अध्यक्ष प्रेम कुमार श्रेष्ठ, आदीवासी जनजाति महासंघ तनहुँका पुर्व सचिव सनम तमाङ,कलाकार विन खाती लगायतले सम्बोधन गरेका थिए ।
पाटन युवा क्लबका अध्यक्ष अमर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । महोत्सव स्थलमा रमाइलो मेला, होटल, अन्य घरेलु, कृषिका स्टलहरु रहेको आयोजकले जनाएको छ । महोत्सव स्थलमा बोटे जातिको संस्कृति झल्कने घर, निर्माण समेत रहेको सचिवालय संयोजक दिनेश लामिछानेले बताए। महोत्सव मंसिर २४ देखि पुस ३ गतेसम्म संचालन हुनेछ ।