images
images
images

तनहुँको सुन्धारामा करेन्ट लागेर पाल्पाका सागरको मृत्यु

images

तनहुँ । नेटवर्कको काम गर्ने क्रममा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारामा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युतको तारमा छोइदा करेन्ट लागेर ज्ञवाली घाइते भएका थिए ।

घाइते ज्ञावलीलाई उपचारका लागि पोखरा पठाइएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

ज्ञवाली तनहुँको दुलेगौडास्थित डिभिजिङ नेटवर्क प्रालिको कर्मचारी हुन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS