तनहुँ । नेपाली काँग्रेसका युवा नेता आनन्द राज त्रिपाठीले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तनहुँबाट महाधिवेशन प्रतिनिधि बनेका उनले बुधबार खुला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेविसंघका पूर्व महामन्त्रीसमेत रहेका त्रिपाठीले काँग्रेसलाई सुदृढ बनाउनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।
‘मैले देशभरका पार्टीका साथीहरूसँग छलफल गरेको छु । पार्टीको आगामी बाटोबारे उहाँहरुको अपेक्षा बुझेको छु । काँग्रेसलाई नविन बाटोमा लैजान म सँग प्रष्ट भिजन छ ,” उनले भने, ‘कार्यकर्ताको भावना र जनताको चाहनाअनुसार पार्टीको केन्द्रीय कार्यसमितिमा बसेर योगदान गर्न सक्छु । त्यस्तै उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’ काँग्रेसभित्र शालीन नेताका रुपमा चिनिने त्रिपाठी कुशल संगठक मानिन्छन् ।