images
images

बाढीपीडितका लागि छाब्दी प्रवेशद्वार टोलविकास र गल्बुवेशी आमा समूहको एक लाख सहयोग

images

दमौली ,तनहुँ । २०८३ भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहतका लागि छाब्दी प्रवेशद्वार टोल विकास संस्था र गल्बुवेशी टोल सुधार आमा समूहले रु एक लाख एक सय एघार सहयोग गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा भौतिक सहयोग गर्न असमर्थ रहे पनि टोलवासी तथा आमा समूहको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम सहयोग गरिएको हो।

सम्मानित व्यक्तित्व तनहुँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अनुमति लिएर नेपाल बैंक लिमिटेडमार्फत रु १,००,१११ को सहयोग रकम जम्मा गरिएको जनाइएको छ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको छ। स्थानीयस्तरबाट संकलित सहयोगले विपद्का बेला पीडितप्रति सामूहिक ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वको भावना अभिव्यक्त गरेको संस्थाले जनाएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS