images
images

निर्मल माविमा डिजिटल शिक्षणका लागि शिक्षकलाई स्मार्ट बोर्ड तालिम

images

तनहूँ।व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालय मा डिजिटल प्रविधिमैत्री शिक्षण तथा स्मार्ट बोर्डको प्रभावकारी प्रयोग सम्बन्धी शिक्षक तालिम सुरु भएको छ। विद्यालय मा उपलब्ध स्मार्ट बोर्ड तथा डिजिटल प्रविधिलाई प्रभावकारी रूपमा प्रयोग गरी कक्षा कोठाको शिक्षण–सिकाइलाई थप व्यावहारिक, अन्तरक्रियात्मक र विद्यार्थीमैत्री बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। निर्मल माध्यमिक विद्यायले आफूलाई प्रविधिमैत्री शैक्षिक संस्थाका रूपमा विकास गर्ने क्रममा शिक्षकको प्राविधिक क्षमता अभिवृद्धिलाई प्राथमिकता दिएको जनाएको छ। विद्यालय व्यास–१, भादगाउँस्थित हाइस्कुलटारमा रहेको छ ।

 

 

तालिममा शिक्षकहरूलाई स्मार्ट बोर्ड सञ्चालन, डिजिटल शैक्षिक सामग्रीको प्रयोग, श्रव्यदृश्य सामग्रीमार्फत प्रभावकारी प्रस्तुतीकरण तथा प्रविधिलाई नियमित कक्षाकोठाको शिक्षणसँग जोड्ने तरिकाबारे अभ्यास गराइने विद्यालयका प्रधानाध्यापक बिमल सिग्देलले बताए ।

स्मार्ट बोर्डको प्रयोगबाट चित्र, भिडियो, प्रस्तुतीकरण तथा अन्य डिजिटल सामग्रीमार्फत जटिल विषयवस्तुलाई समेत विद्यार्थीलाई सहज र रोचक ढंगले बुझाउन सकिने भएकाले पछिल्लो समय विद्यालय तहमा यसको प्रयोग बढ्दै गएको छ। निर्मल माध्यमिक विद्यालय तनहुँकै पुरानो तथा अग्रणी सामुदायिक विद्यालयका रूपमा परिचित छ। विद्यालय लाई नमुना विद्यालयलका रूपमा विकास गर्ने प्रयास समेत हुँदै आएको छ। यसअघि पनि विद्यालय का शिक्षकलाई प्रविधिको प्रयोगमा दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो।

विद्यालयको तालिम व्यवस्थापन समितिको आयोजनामा सञ्चालन भएको तालिमले शिक्षकलाई प्रविधिको प्रयोगमा थप दक्ष बनाउँदै परम्परागत शिक्षण पद्धतिलाई क्रमशः डिजिटल र विद्यार्थी केन्द्रित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। तालिम संयोजक लिला पन्थले बताए । कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रमेश चन्द्र हडखलले प्रविधिमैत्री तालिमले शिक्षकहरुलाई प्रविधिको प्रयोगमा दक्ष बनाउन टेवा पुग्ने बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS