images
images

रसुवा बाढीपीडितलाई सहयोग गर्न जुटौं, कटु वचन नबोलौं : गगन थापा

images

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवा बाढीले निम्त्याएको विपत्तिमा सहयोग गर्न सक्नेलाई सहयोगमा जुट्न आह्वान गरेका छन् ।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै सहयोग गर्न नसकिए कटु वचन नबोल्न पनि आग्रह गरेका छन् ।

‘मेरो एउटा अनुरोध छ– सहयोग गर्न सक्ने सहयोगमा जुटौं । सहयोग गर्न सक्दैनौं भने पनि कम्तीमा कटु वचन कसैले नबोलौं,’ उनले भिडियोमा भनेका छन् ।

सभापति थापाले बाढी प्रभवित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखेको विपत्तिसँगै खोज, उद्धार र राहतका लागि भइसकेका प्रयास, प्रभावितको गुनासोबारे भिडियोमा जानकारी दिएका छन् ।

उनी केही दिनअघि केही दिनअघि रसुवा बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षणमा गएका थिए ।

‘यो यति ठूलो प्रलय, यति ठूलो विपत्ति हो कि यति धेरै घरबार उजाड गरेको छ, यति धेरै परिवार, मानिसहरू प्रभावित हुनुभएको छ, तल फिल्डमा गइसकेपछि अझ थाहा हुन्छ,’ थापाले भनेका छन्, ‘त्यो आकलन नै गर्न सकिँदैन बाहिरबाट हेर्दै गर्दा, के भएको छ त्यहाँ भनेर । नाप्नै सकिँदैन ।’

सभापति थापाले विपत्तिको समयमा सबैले मिलेर काम गर्नुपर्ने पनि उल्लेख गरेका छन् । ‘यो बेलामा तपाईं हामी प्रत्येकले मिलेर कम गर्नुपर्ने छ,’ उनले भनेका छन् ।

सभापति थापाले पार्टीका तर्फबाट स्थलगत निरीक्षणमा देखिएको दृष्यका आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सार्वजनिक गरिने पनि जानकारी भिडियोमार्फत दिएका छन् ।

‘पार्टीको तर्फबाट तल फिल्डमा गएर हामीले जे–जे कुरा देखेका छौं, सबै कुराको आधारमा सरकारले गर्नुपर्ने, ‘नेक्स फेज’ (अर्को चरण) मा हामीले गर्नेलगायत विषयका सन्दर्भमा डिटेल रिपोर्ट बनाएर सार्वजनिक गर्ने नै छौं,’ उनले भनेका छन् ।

सभापति थापाले बाढी प्रभावित क्षेत्रमा स्थानीय तह र प्रदेश सरकारले गरिरहेको कामको सह्राना पनि गरेका छन् ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS