images
images

गोसाइँकुण्ड हिँडेको बसका ३० यात्रु सम्पर्कविहीन

images

सुलीकोट (गोरखा), भदौ ११ गते । गोरखाको पालुङटार नगरपालिका–५ र ४, ठाँटीपोखरीबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि छुटेको बस सम्पर्कविहीन भएपछि बसमा सवार यात्रुको पहिचान खुलेको छ ।

बुधबार बिहान ५ बजे ठाँटीपोखरीबाट तीर्थयात्राका लागि निस्किएको ग १ ख ११५२ नम्बरको बस रसुवाको गोसाइँकुण्डतर्फ गएको थियो । बसमा चालक र सहचालकसहित ३६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म छ जना सुरक्षित सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमा रविन्द्र देवकोटा, तुलाराम देवकोटा, बद्रीप्रसाद देवकोटा, बाबुराम देवकोटा, पार्वती न्यौपाने र सहचालक नीरज भण्डारी रहनुभएको छ ।

तर बसमा सवार अन्य ३० जना यात्रु भने हालसम्म सम्पर्कमा आउन सकेका छैनन् । उनीहरूको अवस्थाबारे जिल्ला प्रहरी कार्यालय गोरखाले रसुवा, नुवाकोटलगायत जिल्लाका प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

सम्पर्कविहीन हुनेमा कमला पण्डित, कृष्णलाल देवकोटा, केदार पण्डित, घनश्याम देवकोटा, उहाँकी श्रीमती, तारा रानाभाट, तुलराम देवकोटाकी श्रीमती, दिलबहादुर खत्री, पदमकुमारी देवकोटा, बाबुराम देवकोटाकी श्रीमती, राहरी देवकोटा, माया देवी देवकोटा, माया देवी खड्का, मिठुमाया अम्गाई, मधुमाया पण्डित र मुरारी खत्री रहनुभएको छ ।

त्यस्तै राममाया देवकोटा, रामहरि देवकोटाकी श्रीमती, रविन्द्र देवकोटाकी आमा, सागर देवकोटा, सरिता अधिकारी पण्डित, सम्झना देवकोटा, सुजाता कौडेल, सुमी कुमाल, सुष्मा न्यौपाने पोखरेल, सुष्मिता कुँवर, शारदा देवकोटा, मुक्ति अम्गाई, दुर्गा देवकोटा र गोमा पपने पनि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बससँग सम्पर्क टुटेपछि यात्रुका आफन्तले सम्बन्धित निकायसँग तत्काल खोजी तथा उद्धारको पहल गर्न आग्रह गरेका छन् । सम्पर्कमा आएका यात्रुबाट बसको अवस्थाबारे थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यात्रुहरू कहाँसम्म पुगेका थिए, बसको अवस्था के छ र सम्पर्कविहीन हुनुको वास्तविक कारण के हो भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । सम्बन्धित निकायले खोजी तथा उद्धारलाई तीव्र बनाउनुपर्ने अवस्था देखिएको छ ।

बसमा सवार यात्रुमध्ये केहीसँग मोबाइल सम्पर्क भए पनि सबैसँग सम्पर्क हुन नसकेको पालुङटार नगरपालिका प्रमुख विवश चिन्तनले बताउनुभयो । सम्पर्कमा आएका यात्रुबाट बसको अवस्थाबारे थप जानकारी लिने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । गोरखापत्र

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS