तनहुँ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका बाढीपीडित परिवारलाई सुदीप गफारको नेतृत्वमा दमौली क्षेत्रबाट संकलन गरिएको राहत सामग्री वितरण गरिएको छ। बाढीका कारण घरबार तथा दैनिक उपभोगका सामग्री गुमाएका पाँच सयभन्दा बढी परिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो।
बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले दमौली क्षेत्रका विभिन्न शुभेच्छुक, सहयोगदाता, सामाजिक संघसंस्था तथा स्थानीयवासीबाट राहत सामग्री संकलन गरिएको थियो। संकलित सामग्रीलाई प्रभावित क्षेत्रसम्म पुर्याई आवश्यकताका आधारमा पीडित परिवारलाई वितरण गरिएको जनाइएको छ।
राहत वितरणका क्रममा बाढीका कारण घरमा रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका दैनिक उपभोग्य सामग्री गुमाएका परिवारलाई प्राथमिकतामा राखिएको थियो। बाढीपछि विस्थापित तथा घरमा क्षति पुगेका परिवारलाई केही समयका लागि भए पनि दैनिक जीवनयापनमा सहजता पु¥याउने उद्देश्यले विभिन्न प्रकारका सामग्री उपलब्ध गराइएको हो।
राहतस्वरूप प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, कपिकलेम तथा दैनिक जीवनयापनका लागि आवश्यक भाँडाकुँडा लगायतका सामग्री वितरण गरिएको थियो। बाढीका कारण घरमा भएका सामान बगाउँदा वा क्षति हुँदा समस्यामा परेका परिवारका लागि यस्ता सामग्री तत्कालको आवश्यकता पूरा गर्न सहयोगी बनेका छन्।
दमौली क्षेत्रबाट संकलित राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन स्थानीयस्तरमा विभिन्न व्यक्ति तथा समूहले समन्वय गरेका थिए। विपद्को समयमा मानवीय सहयोग आवश्यक पर्ने भएकाले स्थानीयवासीले आफ्नो क्षमताअनुसार खाद्यान्न, कपडा, भाँडाकुँडा तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएका थिए।
बाढीले धादिङ र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएपछि प्रभावित परिवारको दैनिकी अझै सहज बन्न सकेको छैन। घर तथा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेका परिवारलाई पुनःस्थापना र दैनिक जीवन सञ्चालनका लागि खाद्यान्न तथा गैरखाद्य सामग्रीको आवश्यकता रहेको अवस्थामा दमौलीबाट गरिएको सहयोगले पीडित परिवारलाई राहत पुगेको बताइएको छ।
राहत संकलन तथा वितरणमा सहयोग गर्ने सबै शुभेच्छुक, सहयोगदाता र स्थानीयवासीप्रति आयोजक पक्षले आभार व्यक्त गरेको छ। विपद्को समयमा एक ठाउँका नागरिकले अर्को ठाउँका पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक एकता र मानवीय संवेदनाको उदाहरण भएको स्थानीयको भनाइ छ।
बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न राहतसँगै आगामी दिनमा पुनःस्थापना, आवास, रोजगारी तथा जीविकोपार्जनका कार्यक्रम आवश्यक रहेको बताइएको छ। प्रभावित परिवारलाई सामान्य अवस्थामा फर्काउन सरकारी निकायसँगै सामाजिक संघसंस्था, निजी क्षेत्र र समुदायको निरन्तर सहयोग आवश्यक देखिएको छ।















