images
images

आफ्नो खाजा खर्च काटेर विपद्पीडित बालबालिकाको सहारा बने विद्यार्थी

images

दमौली, तनहुँ ।तनहुँको व्यास नगरपालिका–१, भादगाउँस्थित न्यु डे मन्टेस्वरी एन्ड प्री–स्कुलका साना विद्यार्थीहरूले ठूलो मन देखाउँदै विपद्पीडित बालबालिकाका लागि सहयोग गरेका छन्।

आफूले दैनिक खाजामा खर्च गर्ने रकमबाट बचत गर्दै ती विद्यार्थीले रु. १५ हजार ६९५ सहयोग रकम संकलन गरेका हुन्। उक्त रकमबाट विपद्प्रभावित बालबालिकाका लागि आवश्यक खाद्यान्न, खेल्ने सामग्री तथा कापी–कलम उपलब्ध गराउने उद्देश्य राखिएको छ।

सानो उमेर, सानो हात तर सहयोगको भावना भने विशाल—यी विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर अरूको पीडामा मलम लगाउने प्रयास गरेका हुन्। आफू रमाउने खेलौना र खाजाभन्दा पनि विपद्का कारण पीडामा परेका साथीभाइको आवश्यकता सम्झँदै उनीहरूले गरेको यो सहयोगले मानवीयता उमेरले होइन, मनको विशालता र भावनाले निर्धारण गर्छ भन्ने सन्देश दिएको छ।

विपद्को पीडामा रहेका बालबालिकाको अनुहारमा मुस्कान फर्काउने उद्देश्यले गरिएको न्यु डे मन्टेस्वरी एन्ड प्री–स्कुलका विद्यार्थीहरूको यो सानो देखिने तर अत्यन्तै अर्थपूर्ण सहयोग अनुकरणीय बनेको सामाजिक अभियान्ता सुदीप गफ्फार बताउँछन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS