शम्भुबहादुर अधिकारी
प्रकृतिको उत्पतिको सिलसिलामा मानबजातीको पनि उत्पति भयेको हो।प्रारंभिक चरणमा उनीहरूको जीबनशैलि प्राथमिक स्तरका थिए।प्रकृतिमाथि जीबन जगतले आफ्ना उद्देश्यहरू पूर्ति गर्न प्रयत्न गर्यो जस्बाट उस्को जीवनको अस्तित्वको लागि प्राकृतिक कठिनाइ र बिबिध घटना परिघटनाको सामना गरेर आजको यो बिकसित र जटिल स्थितिमा आइपुगेका छ।यस अबधिमा मानिसले आफ्ना भाषा,रहनसहन,परंपरा,सुरक्षा,बस्ने कुटि र खानाको ब्यबस्था गर्न सिक्यो जस्बाट मानबकृत संस्कृतिको पनि बिकास भयेको हो,मानब जातीले खेतिपाती गरेर अन्न उत्पादन गर्न जान्यो,संगठन र संघर्षको संस्कृतिको बिकास गर्यो।मानब बिना समाज निर्माण हुन सक्तैन र समाजबिना मानबजातीले आफ्नो सुरक्षा,बिकास,खानपान,समस्याहरूको आदान प्रदान गर्न पनि सक्दैन।मानबीय कृयाकलापका यिनै कारणहरूले गर्दा संस्कृतिको निर्माण हुन्छ। भूगोल र बाताबरणमा पृथकपनले संस्कृति पनि भिन्ना भिन्नै हुन्छन,तर संस्कृति बिनाको समाज संभब हुदैन।मानबीय गतिबिधि स्वोद्यश्यकासाथ हुन्छन भने प्रकृतिको संचालन अचेतन रूपले हुन्छ जस्लाइ मानबजातीले प्रकृतिको अचेतन ब्यबस्था माथि नियंत्रण गर्ने
क्षमता राख्दछ।मानब कृयाकलापबाट संस्कृतिको जन्म हुन्छ तर पशुजगतबाट त्यो संभब हुदैन किनभने मानिसले प्रकृति र प्रकृति भित्र रहेका हरेक पदार्थ र जीबलाइ आफू अनुरूप रूपांतरण गर्दै अगाडि बढाउछ,पशुजगतमा त्यो क्षमता हुदैन किनभने उस्ले प्रकृतिमा जे पाउछ त्यसैमा भर पर्नु पर्छ।संस्कृति भनेको श्रम र सृजनाको माध्यमबाट मानब जीबनको निर्माण र बिकास हुनु हो।यस अर्थमा मानिस हुनु र सांस्कृतिक हुनु एक अर्काको पर्याय हो।तर गलत संस्कारको निर्माण,समाजमा उत्पीडित जातीको दमन,शोषण र अत्याचारको लागि निर्माण हुने राजनीतिक सामाजिक ब्यबस्थाको सांस्कृतिक सुरूवात र त्यस्लाइ राज्य सत्ताको माध्यबाट हुने जनदमनका बिरूद्धको सामाजिक परिबर्तनका लागिको सांस्कृतिक आन्दोलनको आबश्यकता जरूरी छ।जबसंम मानिस सांस्कृतिक रूपले सचेत हुन्न उ संधै पराधीन भयेर बस्नु पर्ने हुन्छ।हामीले के बुझ्नु पर्छ भने संस्कृति मानवजातीको जन्मजात प्रबृत्ति होइन अर्थात तिनीहरू जैबिक उत्तरदान बाट प्राप्त बस्तु पनि होइनन।त्यो सन्तान दरसन्तानको अनबरत क्रिया प्रक्रियाबाट,शिक्षा वा अनुभबहरूमा आधारित हुन्छन।त्यस्कारण समाजमा प्रत्येक अनुभब ,आबिस्कार,ज्ञान र बुद्धि संस्कृतिको अंग बन्दै जान्छ।ज्ञात,अज्ञात रूपबाट मानबजातीले समाजबाट सिकेका चिजहरू र आफूले समाजलाइ दिएका अनुभबहरू संस्कृतिमा सम्मिलित हुन्छन।मानिसका भाबना ,मनोबृत्तिहरू तथा अनेक कर्महरू ब्याप्त छन जस्लाइ एक अर्कोबाट अलग गर्न सकिदैन।मानिसका आफ्ना आचरणहरू पनि उस्का अन्य आचरणहरूसंग संबन्धित हुन्छन जस्ले एक अर्कालाइ प्रभावित पारेका हुन्छन।संस्कृति अनुसार सिकेका ब्यबहार नै यही किसिमका संगठित प्रतिमान हुन।सन्तान दरसन्तान हुदै अनुभब र ज्ञान बढ्दै गयेको हुनाको संस्कृति पनि परिष्कृत हुदै जान्छ जस्तो गोरू गाडाबाट बिकसित संस्कृति आज मानबजातीले अन्तरिक्षयानको प्रयोग गरेको छ जुन भौतिक संस्कृतिको एउटा चिन्ह हो,यो भौतिक संस्कृति पुस्तान्तरण र बिकसित हुदै जान्छ,तर आत्मिक संस्कृति अनुभूति गर्न सकिन्छ देख्न र छुन सकिदैन।बिचार एक आत्मिक संस्कृति हो,तर जब त्यो भौतिक रूपमा बदलिन्छ त्यस्ले भौतिक संस्कृतिलाइ निरन्तरता दिन्छ, जस्तो कि एउटा पुस्तक प्रकाशन गरेपछि त्यो भौतिक रूपमा पुनः मुद्रण गर्न सकिन्छ।संस्कृति शब्दको प्रयोग भौतिक रूपमा भन्दा त्यसबाट अलग गरेर मानबकृत संस्कृतिको रूपमा प्रयोगमा ल्याइएको हो।संस्कृतिलाइ बिभिन्न रूपमा बिभाजित गर्न सकिन्छ जस्तै श्रमको संस्कृति,सामाजिक आचरणको संस्कृति र अबिबोधको संस्कृति।दैनिक जीबनको कार्यमा,उत्पादन कार्यमा ,सार्वजनिक कार्यालय र स्थानहरूमा गरिने मानव आचरणको पनि संस्कृति हुन्छ।
के राम्रो के नराम्रो हो हामीले ती कुराहरू हाम्रा पूर्बजहरूबाट सिकेका हुन्छौ,यसरी एक आचरणले समाजमा रीति(रिवाज र परंपराको स्वरूप धारणा गर्दछ।संस्कृतिमा प्रतिमान भौतिक र अभौतिक बस्तुमा बिद्यमान रहन्छन।यस अन्तरगत एक, भौतिक र दुइ, अभौतिक संस्कृति हुन्छन।छुन ,दिन नसक्न्ने बस्तुको स्वरूप हुदैन जस्तै बोल्नु,गाउनु,अभिबादन गर्नु,अनुभूति गर्नु आदि जुन आत्मिक संस्कृतिका तत्व हुन।आचरण र क्रियाद्वारा मानिसले भौतिक बस्तुको सृजना गर्दछ भने त्यो भौतिक संस्कृति अन्तरगत रेडियो,टेलिभिजन,मोबाइल,हवाइजहाज आदि पर्दछन।सामुहिक बानी बेहोरा र ब्यबहारबाट संस्कृतिको निर्माण हुन्छ।यस्ता ब्यबहारहरूमा समूहका निम्ति आदर्श बन्न पुग्छ।समाज त्यो आधार हो जहा ब्यक्तिको सामाजिकीकरण हुन्छ।संस्कृति एउटा सामाजिक परिघटना हो किनभने यस्को बिकास मानवीय अन्तरक्रियाको माध्यमबाट हुन्छ।संस्कृतिको निर्माणमा एकदुइ जनाको प्रयासबाट संभब हुदैन,हजारौ लाखौ मानिसहरूको आनिबानि,ब्यबहार, संघर्ष र रहनसहनबाट संस्कृतिको निर्माण हुन्छ। बिभिन्न मानिसहरूले निर्माण गरेको संस्कृतिको आफ्नो आफ्नो महत्व हुन्छ।संस्कृतिमा प्रथा,रहनसहन ,परंपरा,धर्म,कानून,,लोकाचार,कला ,साहित्य,भाषा आदि सामाजिक गुणहरू प्रतिबिंबित हुन्छन।यस प्रक्रियामा मानिसहरूले सार्वभौम रूपमा संस्कृतिको निर्माणमा संलग्न हुन्छन।बास्तब्मा संस्कृति मनुष्यका बिभिन्न किसिमका आबश्यकताहरूको पूर्ति को बिधिको नाम हो।सबै समाजमा ब्यक्तिहरूको शारीरिक वा मानसिक आबश्यकताहरू समान हुन्छन,तर मनोबृत्तिहरू ,सोचहरू,दृष्टिकोणहरू,सामाजिक मूल्यहरू तथा परंपराहरूमा भिन्नता हुन्छ।त्यस्कारणले तिनीहरूको संस्कृतिको स्वरूप पनि अरू समाजको संस्कृतिसंग भिन्नता हुन जान्छ।के कुरामा प्रष्ट हुनु पर्छ भने संस्कृति ब्यक्तिको शक्तिहरू भन्दा माथि हुन्छ।संस्कृति ब्यक्तिको ब्यबहारका कुरा नभयेर सामुहिक ब्यबहार,पीढीदरपीढी हस्तांतरण भइ रहन्छन।नेपालमा त्यस्लाइूबुढा मरे भाखा सरेूभन्ने कहाबत छ।त्यस्कारण संस्कृति मानव जीब रचना भन्दा धेरै धेरै महत्वपूर्ण हुन्छ।समाज बाहिर अर्थात मनुष्य भन्दा पूर्व र मानिसको अभाबमा संस्कृतिको कुनै अस्तित्व हुदैन।हामीले के देख्न सक्छौ भने संस्कृतिका समस्याहरू निरन्तर कुनै न कुनै रूपमा सामाजिक ब्यबहारमा महत्वपूर्ण समस्याका रूपमा उठ्ने गरिरहन्छ र त्यस्ले तीब्र सैद्धांतिक संघर्षको रूप लिन्छ।
संस्कृतिको अबधारणाको उत्पतिको संबन्ध प्रकृतिका बिरूद्ध मानब क्रियाकलापका उपजलाइ अलग्याइयो।मानबीय सृजनात्मक क्रियाकलापका कारण धेरै रूख बिरूवाहरू परिबर्तित भयेका छन,खेतमा जोतेर मानिसले खेति गर्न जानेका छन,पशुमारेर पोलेर र पकाएर खान जानेका छन। त्यसै गरि ब्यक्ति पनि एक प्राकृतिक प्रणाली हो,तर उस्लाइ शिक्षाद्वारा परिबर्तित गराइएको छ तर यसरी शिक्षाद्वारा प्रकृतिलाइ परिबर्तन गर्न सकिन्न।मानब श्रम परेपछि मात्र प्राकृतिक बस्तुलाइ उपयोगयुक्त बनाइन्छ।सबै चिजहरूलाइ दुइ भागमा बाड्न सकिन्छस्एक,प्राकृतिक बस्तु,दुइ,सांस्कृतिक बस्तु।समाजशास्त्रका लागि संस्कृति र समाजका बीचको संबन्ध र पद्दतिको प्रसंगमा संस्कृतिको चर्चा गर्नु आबश्यक छ किनभने संस्कृतिलाइ प्रकृतिबाट मात्र होइन,समाजबाट पनि पृथक गरेर हेर्न मिल्दैन।त्यो संस्कृतिको अबधारणामा समाजका क्रियाकलापका लागि जुन चीजहरू आधारभूत छन तिनलाइ पनि महत्वका साथ अगाडि ल्याउन आबश्यक छ।सबै भौतिक बस्तुलाइ मानिसले आफ्नै हातले निर्माण गर्छ जुन उस्को मनमा पहिले नै एक बिचारको रूपमा जन्म लिन्छ।त्यो भौतिक बस्तु मानबको बौद्धिक क्रियाकलापको उपज हो।बौद्धिक सृजनात्मकता मानबीय क्रियाकलापको अभिन्न अंग हो।सामाजिक रूपले महत्वपूर्ण हुनका लागि बिचारले भौतिक रूप धारणा गर्नु पर्छ जुन काम भाषा,पुस्तक,चित्र,मेसिन जे सुकै किन नहोस यसबाट के प्रष्ट हुन्छ भने संस्कृतिको स्तरलाइ बौद्धिक संस्कृतिसंम सिमित राख्नु पनि गलत हुन्छ।प्राकृतिको कुनै नियम फेला परे त्यो सभ्यताको भाग बन्छ र त्यस्लाइ बारंबार प्रयोगमा ल्याउन सकिन्छ।प्रत्येक संस्कृति आफ्नो बिचार प्रणाली,नियमावली,मानक, परंपरा आदिका दृष्टिले अनौठो,बिलक्षण वा प्रतिभायुक्त लाग्न सक्छ।प्रत्येक सामाजिक संरचनाले मानदण्ड र मूल्यहरूको एक प्रणालीलाइ जन्म दिन्छ।संस्कृति र समाजको संबन्धको कुनै पनि बिश्लेषण ब्यक्तिको संस्कृति ,ब्यक्तित्वको प्रश्नमाथि बिचार नगरि पूर्ण हुन सक्तैन।
राजनीतिक परिबर्तनले राज्य सत्ता मात्र परिबर्तन भइ अर्को पक्ष सरकारमाआउछ भने सामाजिक परिवर्तनले सारा स्थापित संरचनालाइ आमूल परिबर्तन गरि नया समाजको निर्माणमा जोड दिन्छ।त्यसैले समाजमा परिबर्तनको अर्थ हो सत्तासीन प्रतिक्रियाबादी शक्तिको पतन,तर प्रतिक्रियाबादी शक्तिले पनि समाज परिबर्तनको कुरा उठाउछ किनभने सिधासाधा जनतालाइ परिबर्तनका नाममा सजिलै भ्रान्ति उत्पन्न गर्न सकियोस,कहिलेकाही उत्पीडित जनतानै बास्तबिक सामाजिक परिवर्तनका बिरूद्ध प्रतिक्रियाबादी शक्तिको खेलौना बन्न सक्छन किनभने उनीहरूमा जनसंस्कृतिको निर्माण भयेको हुन्न।उनीहरू भ्रान्तिलाइ क्रान्तिको रूपमा बुझ्दछन।त्यस्कारण जनताहरू तिनै गलत र जनबारोधी मानिसको पछाडी लागेर क्रान्ति बिरोधी क्रियाकलापमा संलग्न हुन्छन।समाज भनेको ब्यक्तिहरूको सामुहिक जीबन हो।जीबन जीउनका लागि मानिसहरू बीच संबन्ध कायम हुन्छ जस्ले आर्थिक र बस्तु एबं धनसंपतिको उत्पादनको संबन्ध हुन्छ।उत्पादन संबन्ध भनेको उत्पादनका उपकरणहरू ,भूमि,कृषिका औजार,कलकारखाना र कामदारहरूको बीचको संबन्ध हो।यदि स्वामित्व निजी भयो भने समाज दुइ बर्गमा बिभाजित हुन्छस्एक,पूजिपतिबर्ग,दुइ,मजदूर बर्ग।तर उत्पादित बस्तुहरू उद्योगका मालिकहरूको हुन्छ,मालिकहरूले कामदारबर्गलाइ त्यति नै रकम दिन्छन जस्बाट उस्को गुजारा मात्र चल्न सकोस।सामाजिक परिवर्तनका लागि जनताको ठूलो हिस्साले सांस्कृतिक आन्दोलन संचालन गर्नु आबश्यक छ।समाज परिबर्तनको आन्दोलन जुन एक राजनीतिक आन्दोलन पनि हो ,त्यससंग सांस्कृतिक आन्दोलनलाइ पनि संगसंगै त्यही ढंगले तीब्रता दिनु अपरिहार्य हुन्छ।दक्षिणपंथि,संशोधनबादी र प्रतिक्रियाबादी शक्तिले जनताको क्रान्तिको उभारलाइ मथ्थर पार्न जाली परिबर्तन र कान्तिका नारा दिन्छन जस्बाट जनताको क्रान्तिकारी उभारलाइ शान्तिपूर्ण संक्रमण वा मानब अधिकारको नाममा र संझौतामा पुर्याउन मदत गर्ने तप्का र क्रान्ति बिरोधी तप्का हो,सांस्कृतिक बिचलन ल्याउने पश्चगामी शक्ति हो।प्रतिक्रियाबादी सांस्कृतिक आन्दोलन र राजनीतिक आन्दोलनका बिरूद्ध सामाजिक परिबर्तनका लागि क्रान्तिकारी सांस्कृतिक आन्दोलनको आबश्यकता छ जसद्वारा मज्दूर,किसान र श्रमजीबी जनताको सोचलाइ सत्ताधारीहरूको षडयन्त्रबाट मुक्त गर्न सकियोस।क्रान्तिकारी बिचारबिना क्रान्ति संभब हुदैन।
कुनै पनि समाजमा मनुष्यको सांस्कृतिक जीबन उस्को जीबिका आर्जन गर्ने कला ,पद्दति र आर्थिक जीबनसंग पूर्णतः गासिएको हुन्छ।पूजिबादको परिस्थितिहरूमा प्रभाबी बुर्ज्वा संस्कृतिका अलिखित जनबादी र समाजबादी संस्कृतिको बिकास पनि हुन्छ जुन आफ्नो अन्तर्यमा समाजबादी तथा जातीय रूपमा बिबिधतापूर्ण र चरित्रमा अन्तरजातीय हुन्छ।भौतिक जीबनसंगको यीनको संबन्ध प्रत्यक्ष ब्यबहृत हुन् र यस जीबनसंग ती अपेक्षाकृत स्वतन्त्र हुन्छन।मानबजातीको आत्मिक संस्कृति आन्तरिक सार पूर्णतः भौतिक उत्पादन द्वारा निर्धारित प्रतित हुदैन।सांस्कृतिक क्षेत्रमा अनिबार्य रूपबाट जनताको आफ्नो सक्रियता बढाउनु पर्दछ,प्रगतिशील सांस्कृतिक आन्दोलनद्वारा जनताको सोचलाइ शोषक बर्गको नियन्त्रणबाट मुक्त गर्न सकिने छ।
मानिसले आफ्नो अस्तित्वको लागि प्रकृतिसंग द्रब्य ,उर्जा,सूचनाको बिनीमय गर्दछ,आदानप्रदान गर्दछ,त्यस्को प्रयोग जीबन निर्बाहका लागि गर्न जान्यो।बायु,जल,बनस्पति,जीबहरू ,खनिजको प्रयोग गरेर मानबजातीले भौतिक संबन्धको आधार तयार पार्छ,त्यस संबन्धको लक्षण के हो भने मानिसले श्रमद्वारा त्यस बस्तुको रचना गर्छ जुन प्राकृतिमा बनिबनाउ प्राप्त गर्न सकिन्न।गोर्कीको शब्दमा मानबीय सक्रियताको परिणाम मानबकृत प्रकृति निर्माण हुन्छ जस्मा मानिसको प्रकृति पनि पर्छ।यही मानबीय श्रमद्वारा निर्मितूद्वितीय प्रकृतिू बासतब्मा साचो र सही अर्थमा संस्कृति हो।जनतामा बैचारिक संघर्षको प्रचार प्रसार गर्नुको अर्थ सांस्कृतिक आन्दोलन हो।बर्तमान समयमा नेपालमा प्रगतिशील र बामपंथि आन्दोलनको जुन शक्तिहिनता र दिशाहीनता छ त्यस्को मूल कारण नै बैचारिक संघर्षको शक्तिहिनता र क्रान्तिकारी संस्कृतिको उपस्थितिको अभाब हो।बामपंथि र प्रगतिशील शक्ति
कुनै न कुनै रूपमा दक्षिणपंथि संशोधनबादी संस्कृतिबाट प्रभाबित देखिन्छ।क्रान्तिकारी संस्कृतिको अभाबका कारण देशभित्र आज बैदेशिक शक्तिको जबर्जस्ती उपस्थिति र त्यस्का बिरूद्धको संघर्षमा सिथिल संस्कृतिको जन्म भयेको हो।क्रान्तिको नाममा अपसंस्कृतिको निर्माण,अश्लिल गालिगलौज र क्रान्तिकारी संस्कृतिका बिरूद्ध देश जलाउने,उपद्रब मचाउने र खरानी संस्कृतिको निर्माणलाइ प्रत्यक्ष र परोक्ष रूपले समर्थन गर्ने कामले जनताको क्रान्तिप्रतिको भाबनालाइ तोजोबोध गरिएको छ।त्यो अपसंस्कृतिको माझमा नेपाली जनताहरू अन्यौलग्रस्थ भयेका छन।त्यो असंस्कृतिका बिरूद्ध बामपंथि, प्रगतिशील,लोकतांत्रिक शक्तिहरू राष्ट्र बिरोधी संस्कृतिका बिरूद्ध जाग्ने बेला यही हो।प्रतिक्रियाबादी र बैदेशिक शक्तिका बिरूद्ध ब्यापक रूपमा राष्ट्रिय संस्कृतिको निर्माण गर्न सकिएन भने नेपालको पहिचान र अस्तित्व खतरामा पर्ने छ।थोरै मानिसबाट सुरू हुने सांस्कृतिक आन्दोलनमा ब्यापक सहभागिता बढ्दै जान्छ।संस्कृति मानिसको सृजनात्मक शक्ति र योग्यताहरूको तथा समाजको बिकासको ऐतिहासिकताको निर्धारित स्तर हो।मानिसको जीबन र क्रियाकलापको संगठनको रूप र किसिमहरूमा तथा मानिसहरूद्वारा बिभिन्न भौतिक एबं आत्मिक मूल्यहरू ब्यक्त हुन्छन।भौतिक उत्पादनको महत्वपूर्ण भूमिकाको धारणाले नै भौतिक र आत्मिक संस्कृतिको निर्माण हुन्छ।सामाजिक आर्थिक संरचनाको आधारमा उत्पादन पद्दति नीहितहुन्छ,भौतिक उत्पादनको सिलसिलामा मानिसहरूका बीचमा हुने संबन्धहरू संरचनाको सारतत्व हुन्छ,ति संरचनाहरू उत्पादन संबन्धद्वारा निर्धारित उपरिसंरचना पनि समाबेश हुन्छन।पूजिबादका परिस्थितिहरूमा प्रभाबी बुर्जुवा बर्ग संस्कृतिका अतिरिक्त जनबादी र समाजबादी संस्कृतिको पनि बिकास हुन्छ।अर्को अर्थमा मानिसको आफ्नै हात र बुद्धिबाट निर्मित परिस्थितिहरू र साधनहरू नै संस्कृति हुन।संस्कृतिका सबै घटक वा अंश एक अर्कासंग गासिएका हुन्छन,जस्तै समाजमा आर्थिक क्रियाकलापका रूप र समाजका धार्मिक अबस्थाहरूका बीच संबन्ध रहन्छ।
सांस्कृतिक आन्दोलनले संधै क्रान्तिकारी रुप लिन्छ भन्ने हुदैन।सांस्कृतिक आन्दोलनमा गलत तत्वको प्रबेशले त्यस्लाइ संकिर्णतातिर लैजान्छ।त्यस आन्दोलनभित्र धार्मिकताको र जातीयताको प्रबेशले सांस्कृतिक आन्दोलनमा बिचलन पैदा गर्छ।धार्मिक अन्ध बिस्वास र जातीय अहंकारबादले मानिसलाइ फासीबादी बाटोतिर लैजाने महत्वपूर्ण भूमिका खेल्छ।जब सांस्कृतिक आन्दोलनमा संकिर्णता र धर्मप्रति मानिसहरू अन्धा हुन्छन समाजलाइ उनीहरूले हुलदंगामा परिणत गर्छन र काटमारको स्थिति पैदा हुन्छ।यति संमकि बिद्वान वा पीएचडीधारीहरू समेत संकिर्णता र धार्मिकताको झण्डा लिएर हुलमा प्रबेश गर्छन र संधै चिनी राखेको मान्छेमाथि समेत लाठी बर्षाउछन।सांस्कृतिक क्षेत्रमा साम्राज्यबादी शक्तिहरू र तिनका देशि दलालहरूले सामन्तबादी कुसंस्कार र धरापहरूलाइ अघिल्याइ रहेका छन र तिनलाइ पुनर्जीबित गरिरहेका छन ।उनीहरूले जनताको बिरूद्धको संस्कृतिको जग हालि रहेका छन।श्रमजीबी जनताको सांस्कृतिक बिकास उस्को आर्थिक जीबनको उन्नति र शोषण मुक्ति माथि नै आधारित हुन्छ।संस्कृति मानिसको सर्बतोमूखि बिकाससंग संबन्धित क्षेत्र हो,त्यस्को अर्थ प्रत्येक ब्यक्ति सृजनशील ब्यक्तिमा रूपांतरित हुनु हो।मानिसका ज्ञान बिज्ञानले,भौतिक आत्मिक संबन्ध सृजना गर्न सक्छ,उच्च भौतिक सिद्धांत र उत्कृष्ट शारीरिक बनावट भयेको ब्यक्तिलाइ सामान्यतः त्यसैलाइ सर्बतोमूखि बिकास भयेको ब्यक्ति भन्दछौ।संस्कृति सामाजिक आर्थिक संरचनाको प्रतिबिम्ब हो।मानब जातीले भौतिक र आत्मिक श्रम बाट सृजना गरेका सबै मूल्यवान बस्तुलाइ संस्कृतिको मान्यता दिइन्छ।मानबकृत संस्कृतिलाइ शासकबर्गको शक्ति संचयका लागि आफू अनुकूल बनाउन खोज्दछ र सारा संस्कृतिको श्रोत राजामहाराजा,बीरपुरूषहरू हुन भन्ने अभिमत राख्दछ तर संस्कृतिको निर्माण जनसमूहको प्रयाशबाट बनेको हुन्छ भन्ने कुरा ती अभिजातबर्गलाइ थाहा हुदैन।शासकबर्गले जनताले आर्जन गरेको संस्कृतिमाथि हस्तक्षेप गर्दछ र त्यही संस्कृतिको उपयोग गरेर जन दमनमा उत्रन्छ।
मानब श्रमबाट सृजित संस्कृति चाहे त्यो भौतिक वा आत्मिक किन नहोस,त्यस्लाइ जनताका आबश्यकताहरू ,गासबासकपासको लागि र उत्पीडित र शोषित जनसमूदायलाइ प्रतिक्रियाबादी सत्धारीहरूका बिरूद्ध एउटा निर्णायक आन्दोलनको संस्कृति निर्माण गरेर आफूलाइ शासन सत्तामा पुर्याउने संस्कृतिको निर्माण गर्नु पर्छ जस्ले प्रतिरोधी संस्कृतिको बिकास गर्न सकियोस।त्यस्कारण संस्कृति बिभिन्न समाज ब्यबस्थामा जस्तै दास युख,सामन्तयुग,पूजिबादी युग र समाजबादी युगमा त्यही स्वरूपको संस्कृतिको निर्माण हुदै आएका छन। हातहतियार,रहनसहन,परंपरा,हलो,जुवा,खन्ति,कोदालो,रेल,हवाइजहाज,बोलचालको भाषा,पुस्तक ,टिभी,अन्तरिक्षयान लामो समय देखिको मानवीय कृयाका सृजनशीलताका परिणाम हुन,संस्कृतिका रूपहरू पनि एकै रूपका रहदैनन।तिनीहरू परिबर्तन र पुस्तान्तरण हुदै जान्छन।शासकीय सत्ताका चाहिने संस्कृतिको नियमन र नियन्त्रण प्रतिक्रियाबादी पूजिबादी शक्तिले आफ्नो हातमा लिएका हुन्छन र ती संस्कार र संस्कृतिलाइ जोगाएर राख्नु पर्छ भन्दै भाग्य,ईश्वर र धर्मको योजना अनुसार शासक र शासित बर्गमा छुट्याइएकोले सत्ताको बिरुद्ध संघर्ष गर्नु अपराध र धर्म बिरोधी कुरा हो भन्ने प्रतिक्रियाबादी शक्तिको भनाइ रहंदै आएको छ।तर बास्तब्मा शोषक सामन्त बिरोधी सांस्कृतिक आन्दोलनका लागि प्रगतिशील बामपंथि सांस्कृतिक समूहले जनताको संस्कृतिको निर्माण गरेर जनताको आबश्यकताहरू पूरा गर्नु पर्छ।जन संस्कृतिको मूल उद्देश्य राजनीतिक आर्थिक रूपले मात्र होइन नया सांस्कृतिक रूपले पनि उत्पीडित,दमित र शोषित बर्गलाइ सत्तामा पुर्याउन सत्ता संस्कृतिको निर्माण गर्न मानिसहरूलाइ शिक्षित बनाउनु पर्छ।सबै भन्दा ठूलो दासता भनेको राजनीतिक आर्थिक रूपले स्वतन्त्र जस्तो देखिए पनि सांस्कृतिक रूपले उठ्न नसक्नु वा शोषक सामन्तका बिरूद्ध आमूल सामाजिक परिबर्तनका लागि नया प्रकारले सांस्कृतिक आन्दोलन नगर्नु हो।
समाप्त















