images
images

गणेश नेपाली आत्मदाह प्रकरण : महानगर प्रहरी बलका कर्मचारीलाई निलम्बन गरिने

images

गणेश नेपाली आत्मदाह प्रकरणमा जोडिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गरिने भएको छ ।

पीडित परिवारसँग भएको सहमित अनुसार उक्त दिन घटनास्थलको अग्रभागमा खटिएका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट लेखी पठाउने सहमति भएको हो ।

सहमतिको बुँदा नम्बर ३ मा भनिएको छ, ‘घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदन/सिफारिस बमोजिम जाने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यलय, काठमाडौंबाट लेखी पठाउने ।’

महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्विललक लगाएको विषयमा विवाद भएपछि नेपालीले बिहीबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रममा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।

त्यसपछि सोधपुछका लागि भन्दै प्रहरीले महानर प्रहरी र घटनाका प्रतक्ष्यदर्शीलाई बोलाएको थियो । सोधपुछ तथा घटना विवरण कागज गराएर प्रहरीले आज मात्रै उनीहरूलाई छाडेको छ ।

यो घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमान्डमा पाँच सदस्यीय समिति बनाइएको छ ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS