images
images

सागेँमा सडक खाल्डाखुल्डी भएपछि युवाले गरे श्रमदान: नाइन्टिज क्लबद्वारा सडक मर्मत

images

दमौली ,तनहुँ।व्यास नगरपालिका ५ को साँगे बरबोटे क्षेत्रमा स्थानीय युवाहरूले शनिबार श्रमदान गरेर सडक मर्मत गरेका छन्।

नाइन्टिज क्लबका सदस्यहरूले सडकमा बढ्दो खाल्डाखुल्डीले आवतजावत कठिन बनेको र दुर्घटना जोखिम बढेको भन्दै आफैं अघि बढे। उनीहरूले खाल्डा पुर्ने, सडक सम्याउने र सवारी सञ्चालन सहज बनाउने काम गरे।

वर्षायामले सडक जीर्ण बन्दै गएको थियो। सम्बन्धित निकायबाट तत्काल मर्मत नभएपछि युवाहरूले आफ्नै पहलमा यो अभियान चलाएका हुन्।

स्थानीय बासिन्दा र यात्रुहरूले यसबाट राहत महसुस गरेका छन्।

क्लबका सदस्यहरूले सडकको दीर्घकालीन स्तरोन्नतिको लागि सम्बन्धित निकायले चाँडो पहल गर्नुपर्ने बताएका छन्। स्थानीयवासीहरूले युवाहरूको सक्रियताको प्रशंसा गरेका छन्। उनीहरूले यस्ता अभियानले समुदायमा सकारात्मक प्रभाव पार्ने बताए।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS