images
images

चीनको फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु

images

 

चीनको पूर्वी प्रान्त फुजियानमा बिहीबार एक जुत्ता कारखानामा लागेको आगोले कम्तीमा २८ जनाको ज्यान लिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । आगो निभाउन दर्जनौं दमकल तथा उद्धारकर्मीहरू खटिएका थिए ।

फुजियान प्रान्तको जिनजियाङ शहरमा रहेको हुइटेङ जुत्ता कारखानामा स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब १२ बजे आगो लागेको थियो । अधिकारीहरूले भवनभित्र अझै मानिसहरू फसेको आशङ्का गरेका छन् ।

राष्ट्रपति सी चिनफिङले आगलागीबाट ‘ठूलो मानवीय क्षति’ भएको र घटनामा जिम्मेवारलाई कानुनी दायरामा ल्याइने बताएका छन् । चीनको सिन्ह्वा न्यूज एजेन्सीले दिएको पछिल्लो जानकारीमा साँझसम्म २८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

राष्ट्रिय टेलिभिजन सीसीटीभीले प्रसारित फुटेजमा भवनबाट ठूलो कालो धुवाँ निस्किरहेको र दमकलकर्मीहरूले भवनको बाहिरी भाग र भित्री भागमा पानीको फोहोराले आगो निभाइरहेको देखिन्छ ।

आगो तल्लो तलाहरूमा फैलिएका मानिसहरू भवनको झ्याल नजिक र छतमा आश्रय लिइरहेको देखिन्थ्यो ।

विपत् व्यवस्थापन मन्त्रालयले विज्ञप्तिमा १८३ जना उद्धारकर्मी र ३५ वटा सवारी साधन घटनास्थलमा खटाएको जनाएको छ। सिन्ह्वाका अनुसार खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिइएको छ ।

सिनजियाङका दमकल प्रमुख डु झेन्झाउले दिएको जानकारीमा जुत्ताका सामग्रीले भरिएका भर्याङ र निस्कने बाटो अवरुद्ध भएकाले उद्धार टोली भवनको माथिल्लो तलासम्म पुग्न सङ्घर्ष गर्नुपरेको थियो।

उनले कारखानामा जुत्ता उत्पादनमा प्रयोग हुने टाँस्ने पदार्थ (अडेसिभ) र कच्चा पदार्थहरूले आगो सल्काउन थप मद्दत गरेको बताए ।

सीसीटीभीको लाइभ फुटेजमा जलेर कालो भएको भवनबाट बिग्रिएका झ्यालहरूबाट बाक्लो खरानी रङको धुवाँ निस्किरहेको देखिन्थ्यो ।

बिहीबार साँझतिर आपतकालीन व्यवस्थापन मन्त्रालयले आगो नियन्त्रणमा आएको बताएको छ । यसका साथै फसेका बाँचेकाहरूको खोजी, घाइतेको उपचार र आगो पूर्ण रूपमा निभाउन ‘पूर्ण प्रयास’ गर्न निर्देशन दिएको छ।

सिन्ह्वाका अनुसार केही मानिसहरू फसेका र ‘सम्पर्कविहीन’ रहेका छन्। ‘यो वर्ष चीनमा ‘धेरै ठूला औद्योगिक सुरक्षा दुर्घटना’ भएका छन्, यसबाट सबै क्षेत्र र सम्बन्धित विभागहरूले गम्भीर पाठ सिक्नुपर्छ’, राष्ट्रपति सीले आगलागीबारे जानकारी पाएपछि अधिकारीहरूलाई निर्देशन दिँदै भने ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS