images
images

विश्वकपमा क्यानडाको ऐतिहासिक जित

images

५असार, काठमाडौं । सहआयोजक क्यानडाले फिफा विश्वकप–२०२६ मा फराकिलो जित निकालेको छ ।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६-० को फराकिलो जित निकालेको हो ।

क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एकएक गोल गर्दा एक गोल उपहार पायो ।

खेलको १६औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि जोनाथन डेभिडले २९औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

३३औं मिनेटमा हमाम अहमद रातो कार्ड मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सीमित भयो । पहिलो हाफको इन्जुरी समयमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई तेब्बर बनाए ।

५१औं मिनेटमा असिम माडिबोले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएसँगै कतार ९ खेलाडीमा सीमित रह्यो । जसकाे फाइदा क्यानडाले उठायाे । ६४औं मिनेटमा नाथनले गोल गर्दे क्यानडालाई ४ गोलको अग्रतामा पुर्‍याए ।

खेलको ७५औं मिनेटमा कतारका मोहम्मद मनाईले आत्मघाती गोल गर्दा क्यानडाको अग्रता ५–० मा पुग्यो । दोस्रो हाफको इन्जुरी समयमा जोनाथनले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–० को फराकिलो जित दर्ता गर्‍यो ।

यो विश्वकप इतिहासमा क्यानडाले पहिलो जित निकालेको हो । यसअघि दुई विश्वकप खेलेको क्यानडाले कुनै पनि जित निकाल्न सकेको थिएन ।

यो जितसँगै क्यानडा २ खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा छ । समान ३ अंक भएको स्विट्जरल्यान्ड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । बोस्निया एन्ड हर्जगोभिना र कतारको समान एकएक अंक छ । अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS