असार ५काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ मा नियमतितर्फ ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी भएका थिए । जसमा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन् ।
जसमा ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार ७८६ जना ग्रेडेड भएका छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ६४ हजार ८२१ जना ग्रेडेड भएका छन् । २.८१ देखि ३.२० सम्म ९४ हजार २४९ जना विद्यार्थी ग्रेडेड भएका छन् । त्यसैगरी २.४१ देखि २.८० सम्म जीपीए ल्याउनेको संख्या ५० हजार ५९७ जना छन् । २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ४ हजार ३०८ र १.६१ देखि २ सम्म जीपीए ल्याउनेको संख्या ९ जना रहेको छ ।
आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ३६ हजार ४२० जना ग्रेडेड भएका छन् । यो आंशिकतर्फ मात्र ४२.३८ प्रतिशत ग्रेडेड भएका छन् । समग्रमा नियमति र आंशकि गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएका थिए । नियमित र आंशिक जोड्दा भने ग्रेडेड प्रतिशत ६४.१३ प्रतिशत हुन्छ । नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको छ ।
यसरी हेर्न सकिन्छ नतिजा
परीक्षाफल सम्बन्धी जानकारी तपसिल बमोजिमको Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ :
Website:
१. राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np
२. नेपाल टेलिकमको website: https://neb.ntc.net.np
SMS सेवा :
१. NEB <space> Symbol No. टाईप गरी नेपाल टेलिकमको १६०० मा SMS गर्ने ।
IVR सेवा :
१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।
USSD सेवा :
१. * १६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने । अनलाइनखबर















