images
images

भानु नगरपालिकामा ८८ जना गर्भवती महिलालाई पोषणयुक्त खाद्यान्न वितरण

images

भानु नगरपालिका, तनहुँ।सामाजिक विकास कार्यक्रमको आयोजना, भानु नगरपालिकाको समन्वय तथा सानिमा बैंकको आर्थिक सहयोगमा भानु नगरपालिका भित्र रहेका ८८ जना गर्भवती महिलाहरूका लागि पोषणयुक्त खाद्यान्न वितरण कार्यक्रम गरिएकाे छ।

कार्यक्रम अन्तर्गत पहिलो चरणमा वडा नं. १ देखि ६ सम्मका गर्भवती महिलाहरूलाई लक्षित गरी २०८३ साल जेठ ३ र ४ गते सम्बन्धित वडाहरूमा पोषणयुक्त खाद्यान्न वितरण गरिएको हो। गर्भावस्थामा आमा तथा गर्भस्थ शिशुको स्वास्थ्य अवस्था सुदृढ बनाउन र पोषणको पहुँच बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख श्री आनन्दराज त्रिपाठी, स्वास्थ्य शाखा प्रमुख ऐश्वर्य चन्द्र भट्टराई, सानिमा बैंकका प्रदेश प्रमुख, केन्द्रीय कार्यालयका प्रतिनिधि, दमौली शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो। साथै सम्बन्धित वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख त्रिपाठीले गर्भवती महिलाको स्वास्थ्य र पोषणमा लगानी गर्नु स्वस्थ समाज निर्माणको आधार भएको उल्लेख गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। सानिमा बैंकका प्रतिनिधिहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायको स्वास्थ्य प्रवर्द्धनमा सहयोग गर्न पाउँदा खुशी लागेको धारणा व्यक्त गर्नुभयो।

भानु नगरपालिकाले गर्भवती महिला तथा बालबालिकाको पोषण अवस्था सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमबाट गर्भवती महिलाहरूलाई आवश्यक पोषणयुक्त खाद्यान्न उपलब्ध भई उनीहरूको स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS