images
images
images

तनहुँमा  धुमधामले मनाइयो तमु ल्होसार

images
तनहुँ
तमु समुदायको  बाहुल्य रहेको तनहुँमा  तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ।  तनहुँका विभिन्न क्षेत्रमा तमु समुदायसँग रहेका  भ्रातृ तथा भगिनी संस्थाहरूले संयुक्त रुपमा विभिन्न कार्यक्रम गरी तमु ल्होसार धुमधामले मनाएका हुन्।  बिरालो वर्गलाई बिदाइ र गरुड वर्गलाई स्वागत गर्दै तमु समुदायले आइतबार धुमधामले ल्होसार मनाएका हुन्। आइतबार बिहान विभिन्न झाँकीसहित मौलिक भेषभुषामा ठाँटिएका तमु समुदायका र्‍यालीले दमौली बजार परिक्रमा गरी खेल मैदानमा  औपचारिक कार्यक्रमको आयोजना गरेका थिए।

आइएलओ १६९ मा जल, जमिन, जंगलमा आदिवासी जनजातिको अग्राधिकार हुनुपर्नेमा त्यसो नभइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।उनीहरूले तनहुँ जिल्ला एवं गण्डकी प्रदेश तमु समुदायको बाहुल्यता भएको क्षेत्र भएकाले यहाँ तमु एवं अरू आदिवासी जनजातिहरूकै अग्राधिकार हुनुपर्ने बताएका थिए।  ल्होसार गुरुङ समुदायको प्रमुख चाड भएकाले यसको ठूलो महत्व रहेको यहाँको गुरुङ अगुवाहरुको भनाइ छ।  तनहुँ  गुरुङ समुदायको बाहुल्यता भएको जिल्ला हो।

  तनहुँमा  विशेषगरी भानु, आँबुखैरेनी,व्यास,शुक्लागण्डकी,देवघाट, बन्दिपुरमा गुरुङ समुदायको बसोबास  बाक्लो रहेको छ। तनहुँकै१० वटै  प्रत्येक गाउँपालिकामा तमु समुदायको  बसोबास रहेको छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको  थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS