images
images

सर्च एण्ड स्विप अपरेसनमा ११ जना नियन्त्रणमा, दुई जनामाथि अनुसन्धान जारी

images

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ११ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले शनिबार (२०८३ जेठ ३१ गते) जिल्लाका विभिन्न स्थानमा लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण, शान्तिसुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत दोहन रोक्न विशेष अभियान सञ्चालन गरेको थियो।
उक्त अभियानका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा ११ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये अधिकांशलाई आवश्यक सोधपुछपछि छाडिएको भए पनि दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले यस्ता सर्च एण्ड स्विप अपरेसनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ। साथै कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
प्रहरीका अनुसार जिल्लामा अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयनका लागि नियमित निगरानी र विशेष अभियान सञ्चालन गरिँदै आएको छ। यस्ता अभियानले आपराधिक गतिविधि न्यूनीकरण गर्न तथा समाजमा सुरक्षा अनुभूति बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS