दमौली, तनहुँ ।युवा सामाजिक अभियन्ता महम्मद गाफ्फार (सुदिप)ले व्यास-१२ छिर्कने स्थित श्री अमर ज्योती माध्यमिक विद्यालयका १५ जना विद्यार्थीलाई नयाँ जुत्ता वितरण गरेका छन् ।
गफ्फारले विद्यालय पुगेर प्रधानाध्यापक रघुनाथ पण्डितको उपस्थितिमा विद्यार्थीहरूलाई जुत्ता दिएका हुन्।
प्रधानाध्यापक रघुनाथ पण्डितले सहयोगको प्रशंसा गरे । उनले भने”गाफ्फारको सहयोगले विद्यार्थीहरूको नियमित उपस्थिति बढ्छ र उनीहरूको पढाइमा सकारात्मक प्रभाव पर्छ ।”
कार्यक्रममा गाफ्फारले विद्यार्थीहरूसँग कुरा गर्दै उनीहरूलाई नियमित पढ्न र लक्ष्य पूरा गर्न प्रोत्साहन दिए ।
कार्यक्रममा गाफ्फारका साथी विधान खड्काको पनि उपस्थिति थियो ।
गाफ्फारले विगत केही वर्षदेखि तनहुँ जिल्लामा सामाजिक कार्य गर्दै आएका छन् । उनले यसअघि विपन्न विद्यार्थीहरूलाई किताब, कपडा र शैक्षिक सामग्री वितरण गरेका थिए । उनको अभियानले स्थानीय स्तरमा राम्रो प्रतिक्रिया पाएको छ ।


सुशील लामगादे बि.क. 












