दमौली,तनहुँ।
तनहुँको व्यास-५ बरबोटेमा युवाहरुलाई समुदाय प्रति क्रियाशिल र जिम्मेवार बनाउने उदेश्यले द नाइनटिज क्लबको औपचारिक स्थापना भएको छ । स्थापना सभाले एक कुमार श्रेष्ठलाई अध्यक्षमा घोषणा गरेको छ।
बरबोटे टोल बिकास संस्थाका अध्यक्ष कमला रानाको प्रमुख आतिथ्य रहेको उक्त सभाको सभापति एक कुमार रहेका थिए।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले युवाहरुको नेतृत्व बिकास, समुदाय स्तरमा रहेका समस्याको समाधान गर्न क्लब र टोलको उल्लेखनीय भुमिका रहने जनाउँदै क्लवले सो भुमिका निर्वाह गर्न आवश्यक रहेको विषयलाई जोड दिदै क्लबले सामाजिक उत्तर दाहित्त्व पुरा गर्ने अपेक्षा गरेका छन्।
समुदायमा युवाहरुलाई खेलकुद बिकासलाई टेवा पुर्याउने , समुदायमा प्रचलित संस्कृति जिवित राख्ने,युवा पुस्तालाई समुदाय लक्षित समुदायको हित हुने मुख्य उद्देश्य रहेको क्लवका अध्यक्ष एक कुमार श्रेष्ठले बताए।
अध्यक्ष श्रेष्ठले क्लबलाई सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ” समुदाय प्रती युवाहरुको विषेश भुमिका निर्वाह गरि समुदायमा समसामयिक रुपमा उतपन्न हुने समस्याको समाधान खोज्न सधै त्यार हुने छ ।”
उक्त बसेको स्थापना सभाले अध्यक्षमा एक कुमार श्रेष्ठ ,उपाध्यक्षमा बिमल श्रेष्ठ ,सचीवमा युनिक बहादुर थापा ,सहसचिवमा अनुप ओझा र कोषाध्यक्षमा अंकिता लामिछाने चयन भएका छन् ।
संस्थाको नियमित बैठक, सांस्कृतिक कार्यक्रम र युवा लक्षित गतिविधि गर्दै युवाहरुमा देखिने नेतृत्व बिकासमुखी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। स्थानीय युवा यसलाई सकारात्मक रूपमा लिएका छन् ।


सुशील लामगादे बि.क. 












