images
images

‎एसइई नतिजा सार्वजनिक: ६५.९८ प्रतिशत उत्तीर्ण 

images

काठमाडौं,।माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा गत वर्षको भन्दा सुधार आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार यस पटक नियमिततर्फ ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

‎यो २०८१ सालको एसइई नतिजाभन्दा चार प्रतिशत धेरै हो । २०८१ सालमा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । २०८० सालको नतिजामा भने ४८ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका थिए ।

‎पछिल्ला तथ्याङ्कले एसइई नतिजामा निरन्तर सुधार आइरहेको देखाएको छ। बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा कुल चार लाख ३० हजार ६६७ जना परीक्षार्थी सहभागी भएका थिए।

‎ जसमध्ये दुई लाख ८४ हजार १६० जना उत्तीर्ण अर्थात् ग्रेडेड समूहमा परेका छन् । त्यस्तै एक लाख ४६ हजार ५०७ जना अनुत्तीर्ण अर्थात् ननग्रेडेड समूहमा परेका छन् ।

‎बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार छ वटा समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ । जस अनुसार जिपिए ३.६० देखि ४ सम्म ल्याउने परीक्षार्थी ४८ हजार ३९२ जना छन् । जिपिए ३.२० देखि ३.६० सम्म ल्याउने परीक्षार्थी ८० हजार ३९२ जना छन् । जिपिए २.८० देखि ३.२० सम्म ल्याउने परीक्षार्थी ९४ हजार २२२ जना छन् । जिपिए २.४० देखि २.८० सम्म ल्याउने परीक्षार्थी ५५ हजार ९७७ जना छन् ।

‎एसइई… त्यस्तै जिपिए २ देखि २.४० सम्म ल्याउने परीक्षार्थी पाँच हजार १९० तथा सबैभन्दा तल्लो ग्रेड अर्थात् जिपिए १.६० देखि २ सम्म ल्याउने परीक्षार्थी सात जना रहेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीले बताए।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS