विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले पनि राजीनामा दिएका छन् । अध्यादेश जारी हुनुअघि उनले शुक्रबार नै राजीनामा दिएका हुन् ।
अध्यादेश जारी हुनुअघि हिजै राजीनामा दिएको हुँ,’ उनले भने । २०७९ माघमा उनी नियुक्त भएका थिए ।
सरकारले पूर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारेजी गर्नेगरी अध्यादेश जारी गरेको छ ।
राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतका अनुसार, विभिन्न ११० वटा कानुन संशोधन गरेर १५ सय बढी राजनीतिक नियुक्ति खारेज हुनेगरी अध्यादेश जारी भएको हो ।
उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले आज जारी गरिसकेका छन् ।
अध्यादेश जारी हुनुअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दीपक अर्यालसहितका पदाधिकारीले पनि राजीनामा दिइसकेका छन् ।
१७ वैशाखमा उपकुलपति अर्यालसहित शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । यसैगरी शुक्रबार संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पनि राजीनामा दिएका थिए । त्यसैगरी त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले राजीनामा दिएका छन् ।अनलाइनखबर















