images
images

बुद्ध जयन्तीमा ओलीको सन्देश: सबैको अन्तर्मनमा करुणाको दीप बलोस्

images

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्‍याउने बुद्धका शाश्वत सन्देशहरू आजको विश्वमा झनै सान्दर्भिक रहेको बताएका छन्।

अध्यक्ष ओलीले बुद्धको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाण एकै दिन परेको यस ऐतिहासिक तथा पावन दिनको स्मरण गरेका छन्।

आजभन्दा करिब २६५० वर्षअघि यसै पावन दिनमा मानव इतिहासले करुणाको उज्यालो देख्यो, शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म भयो,’ उनले लेखेका छन्, ‘यसै दिन सिद्धार्थ गौतमले बोध प्राप्त गर्नुभयो र २५७० वर्षअघि यही दिन उहाँ महापरिनिर्वाणमा विलीन हुनुभयो।’

ओलीले नेपालभित्र मात्र नभई संसारका सबै देशहरूबीच परस्पर शान्ति, सहिष्णुता र मैत्रीभाव कायम होस् भन्ने कामनासमेत गरेका छन्।

ओलीको सन्देश छ, ‘सबैको अन्तर्मनमा करुणाको दीप बलोस्।’अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS