काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपालबिच पार्टी एकता भएको छ ।
बुधबार राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम गरी एकता घोषणा गरेको हो । रावललाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालले माला र खादा लगाएर पार्टीमा समाहित गरेका थिए । यसअघि प्रचण्ड र रावलबिच ७ बुँदे एकता सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
रावलसँगै सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री प्रकाश शाह समेत नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् । रातोपाटी
















