images
images

जेनजी आन्दोलनमा लुटपाट, तोडफोड र आगजनी गर्नेहरू पोखराबाट धमाधम पक्राउ

images

पोखरा । पोखरामा जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्की प्रहरीले विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा १० का निलम्बित सभापति चन्द्रबहादुर थापा, रास्वपाका क्रियाशील सदस्य विक्रम भनिने अभिमन्यु पाण्डे छन् ।

यस्तै, खलि भनेर चिनिने पोखरा १० कै हरि बहादुर थापा, माछापुच्छ्रे गाउँपालिका ३ का सन्तोष परियार, पोखरा २६ बुढीबजारका रमेश थापा पनि पक्राउ परेका छन् ।

उनीहरू सबैलाई जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीका प्रवक्ता हरीबहादुर बस्नेतले जानकारी दिए । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS