images
images

नयाँ सहर आयोजना : डुम्रे भन्सार क्षेत्रमा २० किमी सडक कालोपत्रे

images

तनहुँ । तनहुँको डुम्रे भन्सार क्षेत्रमा सञ्चालित नयाँ सहर आयोजना कार्यालयले स्थापनाकालदेखि हालसम्म २०.३ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको छ।

कार्यालय प्रमुख शान्ति शर्माले दिएको जानकारीअनुसार, आयोजनाले ३४.७८ किलोमिटर सडक ग्राभेल, २.७४ किलोमिटर सडक ढलान र ४६.०२ किलोमिटर नाला निर्माणको काम पूरा गरेको हो।

आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यपहाडी लोकमार्गको वरपर दश नयाँ सहर स्थापना गर्ने सरकारी नीतिअन्तर्गत विसं २०७२/७३ बाट तनहुँको भानु र बन्दीपुरका साबिकका वडाहरू समेटेर यो आयोजना सुरु भएको हो।

आर्थिक वर्ष २०८०/८१ मा ०.७८ किलोमिटर सडक ग्राभेल, १.२४ किलोमिटर ढलान, १.६ किलोमिटर कालोपत्रे र ३.६२ किलोमिटर नाला निर्माण भएको छ। गत आर्थिक वर्षमा एक सरकारी कार्यालय भवन, तीन सामुदायिक भवन, एक खेलमैदान, दुई मनोरञ्जन पार्क, एक खानेपानी योजना सम्पन्न गरिएको छ भने ४३४ वटा सौर्य बत्ती जडान गरिएको छ।

कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया पनि अगाडि बढाएको छ। यसका लागि ६४३ रोपनी जग्गा पहिचान भइसकेको र बाटोको किल्ला तोक्ने कार्य सकिएको जनाइएको छ।

गत आर्थिक वर्षमा चालुतर्फ विनियोजित रु एक करोड पाँच लाखमध्ये रु ७५ लाख र पुँजीगततर्फ विनियोजित रु ११ करोड ७७ लाखमध्ये रु चार करोड ७४ लाख खर्च भएको थियो। रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS