images
images

नेपाल परिवार नियोजन संघको विशेष केन्द्रीय सधारण सभा

images

काठमाण्डौ । नेपाल परिवार नियोजन संघको विशेष केन्द्रीय साधारण सभा शानिबार सम्पन्न भएको छ ।

केन्द्रीय कार्यालय हरिहर भवन ललितपुर आफ्नै कार्यालयमा भएको विशेष केन्द्रीय सधारण सभामा २६ जिल्लाका शाखा सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

सभाले विधान संसोधनको प्रस्ताव पारित गर्नुको साथै आगामि दिनका रणनितिक योजनाहरु तयार पारेको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नविन सिग्देलले जानकारी दिए।

विशेष साधारण सभामा बोल्दै नेपाल नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठले संस्थालाई दातृनिकायकोमा मात्र भर नपरि आत्मनिर्भर वन्ने तर्फ योजना बनाउन पर्ने बताए ।

कार्यक्रममा संस्थाले प्रकाशन गरेको भित्ते पात्रोको विमोचन गरिएको थियो । त्यसैगरी कार्यक्रममा नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक डा.प्रविण शाक्य, सिनियर एचआर म्यानेजर रविन्द्र कार्की, एक्टीभ प्रोग्राम डाइरेक्टर प्रमिश थापा, अर्थ निर्देशक नवराज ढकालले संस्थाका गतिविधिका वारेमा जानकारी गराएका थिए ।

नेपाल परिवार नियोजन संघका कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य कमला सापकोटाले गरेकी थिइन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS