तनहुँ
बन्दिपुर गाउँपालिकाले ५० जना भन्दा बढी करारका कर्मचारी मध्ये आस्थाका आधारमा ८ जना कर्मचारी हटाउने निर्णय गरेको छ ।
गाउँपालिकामा तत्कालीन गाउँ विकास समिति हुँदा देखी कार्यरत र २०७४ देखि कार्यरत कर्मचारीहरुलाई असोज १ गतेदेखि सेवाबाट हटाइएको निर्णय गरेको हो । भदौ ३१ गते बसेको बन्दिपुर गाउँपालिका कार्यपालिका बैठकले राजनीतिक आस्थाका आधारमा कर्मचारी हटाउने निर्णय गरेको आरोप लागेको छ ।
बैठकले सहायक चौथो तहका काशिनाथ भट्टराई बन्दना लामा गुरुङ्ग ,बतु राना,समिक्षा थापा,रुपा गुरुङ्ग,चिजा गुरुङ्ग, गरी ६ जनालाई सेवाबाट हटाउने निर्णय गरेको हो । भने कार्यालय सहयोगी रेनुका कुंवर र कञ्चान भुजेल दुई जनालाई पनि सेवाबाट हटाउने निर्णय गरेको हो ।
सेवाबाट हटाइएका कर्मचारीले भने बिना कारण आफूहरुलाई निष्कासन गरिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले गाउँपालिकाले करार नथप्ने जानकारी पत्र बुझ्न मानेका छैनन् । आफ्नो पुनर्वहाली सहितका माग राखेका छन् ।
केही समय अघि राष्ट्रिय सतर्कता केन्द्रले करार तथा अस्थायी कर्मचारीलाई हचुवाका भरमा नहटाउन निर्देशन दिएको छ । राष्ट्रिय सतर्कता केन्द्र ९कार्य सञ्चालन० नियमावली, २०६५ को नियम ७ ९३० बमोजिम तीनै तहका सरकारलाई निर्देशन दिएको थियो ।केन्द्रले तीनै तहका सरकारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन विपरीत बन्दिपुर गाउँपालिकाले कर्मचारी हटाउने काम गरेको हो । ‘प्रचलित कानुनमा व्यवस्था भएमा बाहेक व्यक्तिगत पूर्वाग्रह राखी हचुवाको भरमा कुनै पनि कराररअस्थायी कर्मचारीलाई सेवाबाट हटाउने कार्य नगर्न–नगराउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई परिपत्र गरेको थियो ।
गाउँपालिकाले ‘बिना कारण र बिना विकल्प सेवाबाट हटाउने गरी गरिएको निर्णय भएको छ , जसबाट हामी निकै दुःखी भएका छौँ ।’
उनीहरुले आफूलाई हटाउने निर्णय फिर्ता लिन पनि माग गरेका छन् । आफूहरुलाई पुनर्बहाली गर्नुपर्ने, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्ने, समावेशी विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र आर्थिक भारको कारण भए त्यसको अन्य विकल्प खोजी समाधान गर्नुपर्ने उनीहरुको माग छ । बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव आचार्यसँग यस बिषयमा लगातर सम्र्पक गर्दा समेत फोन सम्र्पक हुन सकेन । बन्दिपुर गाउँपालिका करिब ३९ जना र बन्दिपुर अस्पतालमा ५० जना भन्दा बढी कर्मचारी विभिन्न पदमा करारमा कार्यरत रहेका छन् । जागिरबाट हटाउने निर्णय हटाउने निर्णय मनबाट नभएपनि बाध्यता भएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।
बन्दिपुर गाउँ पालिकाले कमचारी हटाउने निर्णय गरेको अख्तियारमा उजुरी परेको कारण हटाउने निर्णय गरेको पालिका अध्यक्ष थापाले बताए । त्यही कारण ८ जना कर्मचारी हटाउने निर्णय भएको बताए । अन्य करारका कर्मचारी हटाउने तयारी गरेको अध्यक्षले थापाले बताए ।
















