images
images

पत्रकार महासंघ गण्डकी र कास्कीमा ताला

images

पोखरा । सदस्यता वितरणमा अन्याय गरेको भन्दै कास्कीका क्रियाशील पत्रकारहरुले नेपाल पत्रकार महासंघ गण्डकी र कास्कीको भवनमा तालाबन्दी गरेका छन् । सदस्यता वितरणमा राजनीतिकरण गरिएको र क्रियाशील पत्रकारलाई नै सदस्यताबाट बञ्चित गरिएको उनीहरुको आरोप छ । यहाँका १८ जना पत्रकारहरुलाई महासंघ कास्कीले सदस्यताका लागि माथिल्लो तहमा सिफारिस गरेको थियो ।

तर केन्द्रबाट मतदाता नामावली प्रकाशन हुँदा उनीहरुको नाम समावेश छैन । १८ मध्ये ३ जनाको मात्रै सदस्यता आएपछि उनीहरु आन्दोलित बनेका हुन् ।

‘एउटै मापदण्डमा सिफारिस भएका कसैको नाम आएको छ कसैको आएको छैन,’ पत्रकार रिना थापाले भनिन्, ‘यो दलीय विभेद हो । महासंघमा दलबाट प्रतिनिधित्व गर्ने नेताहरुले क्रियाशील पत्रकारलाई विभेद गरेका हुन् ।’

डेढ वर्षअघि सदस्यता आह्वान गर्दा ९३ जनाको आवेदन परेकोमा कास्की शाखाले क्रियाशील १८ जना मात्र छनोट भई प्रदेश समिति हुँदै केन्द्रमा पठाइएको थियो । तर, केन्द्रले अनुप पौडेल, चन्द्रिका घिमिरे र श्याम रानाको मात्रै नाम अन्तिम नामावलीमा प्रकाशन भएको छ । त्यसपछि उनीहरुले विज्ञप्ती जारी गरि सबै क्रियाशील सदस्यले सदस्यता पाउनुपर्ने बताएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS