भाद्र १८, भानु
तनहुँको भानुमा शारीरिक अपाङ्गता पहिचान तथा स्वस्थ्य परीक्षण शिबिर हुने भएको छ । विकलांङ्गमित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको आयोजना तथा भानु ब्यास लगाएत तनहुँका विभिन्न स्थानीय तह र विभिन्न संघ संस्थाहरु र स्वास्थ्य कार्यालय तनहुँको सहयोग र समन्वयमा १८ वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचान र स्वस्थ्य तथा पुनस्र्थापन शिबिर गरिने भएको हो ।
आगामी भाद्र २७ गते विहिबारका दिन आधारभूत स्वास्थ्य सेवा केन्द्र भानु नगरपालिका वडा नं. २ को नारेश्वरटारमा शिबिर हुने भएको छ ।
जन्मजात खुट्टाको पैतला भित्र पर्केको, आगोले पोलेर अँगहरु एक आपसमा टाँसिएको, भाँचिएर बाँगो भएको, हड्डी नजोडिएको, खुट्टा लुलो कामजोर भएको , ढाड बाँगो वा कुप्रो भएको, जोर्नीहरु र घोँडाको पाँग्रो खुस्किएको, जोर्नीहरु दुख्ने र सुिन्ने समस्या भएको, हड्डी पाकेर पिप आईरहने, हड्डीमा टि.बी. रोग लागेको, औलाहरु एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरु बाङ्गो वा खुस्किएको, अन्य हाडजोर्नी सम्बन्धि समस्या भएका, सहायक सामग्री तथा कृतिम अँगको आवश्यकता भएका बिरामीहरुको घुम्ती शिबिर मार्फत परीक्षण गरिने आयोजकले बताएको छ ।