
भानु
तनहुँको भानु नगरपालिकाले न्यायीक कार्य सम्पादनमा सक्रियता देखाएको छ । नगरबासीले आफू अन्यायमा परेको र आफ्ना मुद्दा अदालत सम्म पुर्याउन आर्थिक , सामाजिक लगाएत कारणले पुग्न नसक्ने अवस्था नआओस् भनेर स्थानीय स्तरमा न्यायीक समितिको ब्यवस्था भएकाले पनि आम नागरिकलाई सहज भएको हो ।
नगरपालिकाकि उप -प्रमुख तथा न्यायीक समितिकी संयोजक उमा गोतामेले भनिन् नगरबासीलाई छिटो- छरितो न्याय दिनु स्थानीय सरकारको कर्तव्य भएकाले पनि भानु नगरपालिकामा रहेको न्यायीक समितिलाई सक्रिए पारिएको हो , ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह भएकाले यथाशक्य छिटो सबै घटना,परिवेश बुझेर न्याय दिन आफू र आफ्नो टिम सफल भएको हो ।
उप- प्रमुख उमा गोतामेका अनुुसार हरेक वडामा मेलमिलाप केन्द्र रहेको र ती केन्द्रले वडाका अधिकाँश मुद्दाको छिटो- छरितो ढँगबाट न्यायीक हिसाबले मुद्दाको किनारा लाग्ने गरेकाले पनि पालिकाको न्यायीक समितिमा थोरै मात्रामा मुद्दा पर्ने र ती मुद्दा पनि छिटो छरितो टुँग्याउने गरेको बताइन् ।
नगरपालिकामा आव ०७९र०८० मा ३ वटा मुद्दाको फैसला हुन बाँकी रहेको, आव २०८०र०८१ मा नगरपालिकामा २२ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्षको अन्तिम सम्ममा ८ वटा मुद्दाको फैसला हुन बाँकी रकेको भएपनि ती मध्ये चालू आवको श्रावणमा ४ वटा मुद्दाको पनि फैसला भएकाले अब ४ वटा मुद्दाको किनारा लगाउन बाँकी रहेको न्यायीक शाखाकी भगवती शर्माले बताइन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलका अनुसार गत आर्थिक वर्वमा पालिकाको न्यायीक समितिमा दर्ता भएको मुद्दामा जग्गा सम्बन्धि सबैभन्दाा धेरै ७, लेनदेन सम्बन्धि ५, बाटोघाटो सम्बन्धि ३, ज्याला मजदूरी नदिएको २, खानलाउन भराई पाउन १, सहकारी सम्बन्धि १, मानहानी सम्बन्धि १, हस्ताक्षर जाँच गराई पाउनका लागि १ र पतिपत्नी बीचको मुद्दा १ गरि २२ वटा मुद्दा दर्ताभएको थियो ।