images
images

बन्दिपुरमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम

images

बन्दिपुर
बन्दिपुरमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पृथ्वीराजमार्ग विस्तारका क्रममा छापनाहाला खानेपानी योजनाको पाईप अस्तब्यस्त भएको गुनसो स्थानीयहरुले गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यस विषयमा सरोकारवाला सबैसँग कुराकानी भएकाले छिट्टै समस्याको समाधान हुने आश्वासन दिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी गौतमले एक अर्को प्रशंगमा पृथ्वी राजमार्ग राष्ट्रिय भएकाले एडिभिको सल्लाह अनुसार क्षतिपूर्ति समेत उपलब्ध गराईएको उललेख गर्दै हरेक नागरिकले सडक विस्तारमा आ–आफ्नो स्थानबाट सहयोग पु¥याउन आग्रह गरे । प्रजिअ गौतमले सडक मापदण्ड अनुसार सडक निर्माण गर्न अवरोध गर्न खोजे वा असहयोग गरे बल प्रयोग गरेर भएपनि सडक मापदण्ड विपरितका घर–टहरा हटाईने उल्लेख गरे ।

कार्यक्रममा स्थानीय गोर्वधन भट्टराई, राज कुमार श्रेष्ठ, नारायण खड्का, क्याप्टेन दिलबहादुर थापा, गीता लम्साल, रामभक्त भट्टराई, प्रेम शाही, तुलबहादुर गुरुङ्ग, बमदेब भट्टराई, दिलकुमारी राना, भोजबहादुर थापा, रवि श्रेष्ठ , सुदिप पोख्रेल , वडा अध्यक्षहरु लगाएतले प्रहरीले दिएको सेवा प्रवाह, शान्ति सुरक्षा लगाएतका विषयका कुराहरुको उठान गर्दै प्रहरीले आम नागरिकको शान्ति सुरक्षा र विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गरेको उल्लेख गरेका थिए ।

कार्यक्रममा उहाँहरुले बन्दिपुर पर्यटकीय नगरी भएकाले राती १ बजे सम्म होटल ब्यवशाय संचालन गर्न पाउनु पर्ने, बैध हिसाबले पार्किङको ब्यवस्थापन हुनु पर्ने, ट्राफिक चेकजाँचमा ब्यवहारिकता अपनाउनु पर्ने, बन्दिपुर ईलाका प्रहरी कार्यालयबाट मुद्धा सम्बन्धि कार्य गरिनु पर्ने, शान्ति सुरक्षालाई अझै मजबूद बनाउनु पर्ने, हुस्लाङ्ग र सुखौरामा प्रहरी पोष्टको स्थापना गरिनु पर्ने लगाएतका गुनासो राख्नु भएको ईलाका प्रहरी कार्यालय बन्दिपुरका प्रमुख प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए।

कार्यक्रममा जिल्ला प्रहरी कायौलय तनहुँका प्रमुख प्रहरी उपरिक्षक विरेन्द्र शाहीले आम नागरिकको सुरक्षाको विषमा प्रहरीले कुनै कसुर बाँकी नराख्ने बताउँदै कार्तब्य पालनको शिलशिलामा अनुशासनमा नबस्ने र आचरण विपरित कार्य गर्ने प्रहरीलाई कडा कारवाही गरिने प्रतिवद्धता ब्यक्त गरे ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा र उपाध्यक्ष पञ्चमायाँ गुरुङ्गले आमनागरिकको सुरक्षाको लागि गाउँपालिकाले प्रहरीसँग सदैव हातेमालो गर्दै अगाढी बढिरहेको बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS