images
images

तनहुँको भानुमा ६ कर्मचारी हटाउने नगरसभाको निर्णयको विरोध

images

चितवन । तनहुँको भानु नगरपालिकामा कार्यरत ६ जना करारका कर्मचारीलाई हटाउने निर्णयको कर्मचारी संघसंगठनहरुले विरोध जनाएका छन् । नगरपालिकाले १४ औं नगरसभाबाट ६ जना करारका कर्मचारी हटाउने निर्णय गरेको थियो ।

नगरपालिकाका ९० जना करारका कर्मचारी भए पनि आस्थाका आधारमा ६ जना कर्मचारी मात्रै हटाउने निर्णय गरिएको भन्दै कर्मचारीका संघ संगठनहरुले विरोध जनाएका छन् ।

उनीहरुले हटाइएका कर्मचारीलाई बहाल गर्न माग गर्दै नगर प्रमुख आनन्द त्रिपाठीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । नगर परिषद्ले इन्जिनियरसहितका केही प्राविधिक कर्मचारी हटाउने निर्णय गरेको थियो ।

स्थानीय तह कर्मचारी संघ नेपाल, नेपाल निजामती कर्मचारी संगठन तनहुँ, नगरपालिकाका कर्मचारीहरू तथा विभिन्न राजनीतिक दलहरूले समेत प्रेस विज्ञप्ति मार्फत नगर प्रमुखको ध्यानाकर्षण गराएका छन्।

ती संगठनले जारी गरेको विज्ञप्तिमा कर्मचारीहरुको मनोभावना उच्च बनाई सेवा प्रवाहमा चुस्तता कायम गर्नुको सट्टा पूर्वाग्रहका आधारमा कर्मचारीहरूको करार अन्त्य गरिनु असान्दर्भिक भएको भन्दै निर्णय पुनर्विचार गर्न माग गरिएको छ ।

कार्यसम्पादन मूल्याङ्कनको अध्ययन, स्पष्टिकरण र सफाइको मौका नदिई रोजीरोटी खोस्ने उद्देश्यले गरिएको भन्दै कर्मचारीहरुले नगरसभाको निर्णयको विरोध गरेका छन् ।

नगर प्रमुख त्रिपाठीले महालेखा परीक्षकको प्रतिवेदनमा नाम नै तोकिएका छ जना कर्मचारीहरूको करार अवधि नथप्ने निर्णय गरिएको बताए । उनले नगरसभाले गरेको निर्णय आफूले फिर्ता लिन नसक्ने जनाए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS