भानु । तनहुँको भानु नगरपालिकाले कृषकलाइ प्रति लिटर दुधमा प्रतिलिटर ३ रुपैया अनुदान दिएको छ । आर्थिक वर्ष २०८/८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर बनाउन दुग्ध प्रवर्द्दन कार्यक्रम अन्तरगत नगरपालिकाले उत्पादनमा आधारित अनुदान उपलब्ध गराएको हो ।
भानु नगरपालिकाले प्रगती दुग्ध उत्पादक सहकारी संस्था भानु-८ बगाले र कालिका दुग्ध उत्पादक सहकारी सं।लि । भानु-९ अर्चलधारा विच सम्झौता भएर अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।
स्थानीय प्रगती दुग्ध उत्पादक सहकारी संस्था र कालिका दुग्ध उत्पादक सहकारीले उपलब्ध गराएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दुधमा ३ रुपैया उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । दुई सहकारीमा आवद्ध रहेर दूध बिक्री गर्ने किसानहरुका लागि ४ लाख २० हजार रुपैंया उपलब्ध गराईएको पशु सेवा प्राबिधिक अमित ढुंगानाले जानकारी दिनुभयो ।सहकारीले नगरपालिका संगको सम्झौता अनुसार सहकारी संस्थाले हरेका एक महिनामा दुइ पटक संकलित दुधको विवरण भानु नगरपालिकालाइ उपलब्ध गराउने छ । दुधको मुल्य नेपाल सरकारले तोकेको फ्याट र एसएनएफ को आधारमा निर्धारण हुने गरेको छ ।
नगर प्रमुख आनन्दराज त्रिपाठीले भानु नगरपालिकालाइ दुधमा आत्मानिर्भर बनाउन र उत्पादनका आधारमा कृषकलाइ अनुदान दिँदा कृषक पनि उत्साहित हुने र युवा पुस्तामा कृषि फर्महरु सञ्चालन गर्न प्रोत्साहन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भानु नगरपालिकाबाट आगामी आर्थिक वर्षमा गाई पालन गर्ने कृषकलाइ अधिकतम ५० हजार रुपैया सम्म सहयोग अनुदान दिने पनि जानकारी उनले दिनुभयो ।
स्वदेशमै बस्ने युवा र विदेशबाट फर्केका युवाहरुको आकर्षण गर्न नगरपालिकाले बजार व्यवस्थापनको ग्यारेन्टी संगै औषधि, विमा र सडक व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगर उपप्रमुख उमा गोतामेले बताए
















