images
images

तनहुँ जलविद्युत समयमानै सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक

images

तनहुँ। ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको सहजिकरण सम्बनधी छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आयोजनालाई समयमा नै सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको जानकारी दिएको थियो । कार्यक्रममा बाल्दै गण्डकी प्रदेशसभा सदस्य हरी बहादुर चुमानले आयोजना समयमा नै सम्पन्न गर्न आफुले समन्वय गर्ने बताए । आयोजना सम्पन्न गर्न पर्ने वाधाहरु हटाउन आफु तयार रहेको उनले बताए । उनले आयोजनाले अन्य समाजिक विकासका काममा समेत ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले आयोजना समयमा नै सम्पन्न गर्न आएका कठिनाईहरुलाई साझा प्रयासबाट हल गनुपर्ने बताए । कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आयोजनाका समस्या भएका स्थानमा स्थानीय तहले सम्बोधन गर्ने र आयोजना स्थानीयको समस्याका सम्बन्धमा पनि समाधानको उपाय निकाल्नु पर्ने बताए । कार्यक्रममा तनहुँ जलविद्युत आयोजनाका प्रवन्धक किरण कुमार श्रेष्ठले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको काम समयमै सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिहरु, राजनैतिकदल तथा सरोकारवाला सबैको सहयोग आवश्यक पर्ने बताए ।

‘कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोशी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न गर्न केही सहजिकरण आवश्यक रहेको उनले बताए ।
सुख्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्षको सहयोग रहेको उनले बताए । ‘मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र मुख्य सुरुङ ब्रेक थु्र गरी आयोजनाका मूख्य माइलस्टोनहरु पूरा भएकाछन्, निर्माणाधीन ठूलो जलाशययुक्त आयोजना तोकिएकै समयमा सम्पन्न आयोजनाको कार्यालय लागेको उनले बताए ।

उहाँले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिको १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको निर्माण छिट्टै अगाडि बढाइने बताउनुभयो ।

अयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लि।का प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठ र आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायतका विषयमा जानकारी गराएका थिए ।

मुख्य संरचनाहरुलाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ६० प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे)सक्ने लक्ष्य राखिएको छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम)अयााभच मब निर्माण कार्य धमाधम भइरहेको छ । मुख्य बाँधको जग निर्माण सुरु भएको छ । प्याकेज–१को समग्र भौतिक प्रगति ३० प्रतिशत रहेको छ ।

प्याकेज–१अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र) लि। नेपाल जे। भी।ले गरिरहेको छ ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने उपकरणहरु जडानलगायतका कार्यहरु भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ६० प्रतिशत छ ।
प्याकेज–३अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका के।इ।सी। इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ । ३४.७ कि.मि। प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७६ वटा टावरहरुको जग हालिएको छ भने ६२ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७२ प्रतिशत रहेको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामिण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरुसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रहरुमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माणलगायतका गरी ५६ वटा परियोजनाहरु सम्पन्न भएका छन् । सात वटा परियोजना निर्माणाधीन छन् । आयोजना प्रभावितहरुको जीविकोपार्जन तथा आयाआर्जन बृद्धिका लागि विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत० ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाईका०ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
कार्यक्रममा जिल्लाका विभिन्न राजनितिकदल, तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS