पोखरा । कास्कीमा ट्रकको ठक्करले एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका १ नौडाँडामा ग १ क २६२५ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री ७० वर्षीय दुर्गाप्रसाद दाहालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते उनको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
ट्रकमा सामान अनलोड गरी ब्याक गर्ने क्रममा दाहाललाई ठक्कर दिएको हो ।
















